सुर्खेत । कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा सात जना पत्रकार पुरुस्कृत भएका छन् । कर्णाली सरकारले प्रदान गर्ने पत्रकारिता पुरस्कारबाट सात जना पुरस्कृत भएका हुन् ।
पुरुस्कृत हुने पत्रकारमध्ये ७५ हजार राशीको कर्णाली प्रादेशिक पुरस्कार प्रेमराज सिंम्खडा (कालीकोट) र ५० हजार राशिको कर्णाली वर्ष उत्कृष्ट पुरस्कार प्रकाश पन्त(सुर्खेत)ले पाएका छन् ।
यस्तै, ३५ हजार राशीको कर्णाली सशक्त सञ्चारकर्मी पुरस्कार हेमन्त केसी (जाजरकोट), कर्णाली विकास पत्रकारिता पुरस्कार राजन रावत (हुम्ला), ओम शाही (सुर्खेत) तथा कर्णाली समावेशी पत्रकारिता पुरस्कार सिर्जना बुढाथोकी (सुर्खेत) र नौरते नेपाली (जुम्ला) रहनुभएको छ ।
प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा सात जना पत्रकार पुरुकृस्त
प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा सात जना पत्रकार पुरुकृस्त

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु