सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–१२, छिन्चुस्थित इलाका प्रहरी कार्यालय परिसरभित्र निर्मित महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको ११ कोठे नयाँ भवन उद्धाटन गरिएको छ ।
नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दिपक थापाले भवनको आज (सोमबार) उद्धाटन गर्नुभएको हो ।
करिब ३ करोड ३८ लाख रुपैयाँ लागतमा सम्पन्न भवन आधुनिक संरचना सहित अपाङ्गता मैत्री बनाईएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै महानिरीक्षक थापाले भवन निर्माणसँगै प्रहरी सेवामा सहजता बढ्ने बताउनुभयो ।
उहाँले महिला, बालबालिका र जेष्ठ नागरिकलाई लक्षित गरी समयमै न्याय दिलाउनेतर्फ प्रहरी संवेदनशील बनेको र यस भवनले सेवामा थप गतिशीलता ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
प्रहरी निरीक्षक पदम बहादुर खत्रीले भवन सञ्चालनमा आएपछि पीडितमैत्री सेवा सहज हुने अपेक्षा गरिएको जानकारी दिनुभयो । “यस भवनमा महिला, बालबालिका र जेष्ठ नागरिकका मुद्दा दर्ता तथा अनुसन्धान गर्न सुरक्षित वातावरण तयार भएको छ,” उहाँले भन्नुभयो ।
भवनमा सोझै सेवा लिन आउने नागरिकका लागि आवश्यक कक्ष, कार्यालय, बैठक हल, परामर्श कोठा लगायतका सुविधा उपलब्ध छन् । अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गर्दै ह्विलचेयरमैत्री प्रवेशद्वार र शौचालय पनि निर्माण गरिएको छ ।
स्थानीय सरोकारवालाहरूले भवन निर्माणले समुदायमैत्री प्रहरी सेवामा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रमलाई इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी अधिकृत, स्थानीय तहका जनप्रतिनिधि, सामाजिक अभियन्ता तथा नागरिकहरुको उपस्थिति रहेको थियो ।
इलाका प्रहरी कार्यालय छिन्चुको ११ कोठे भवन उद्धाटन
इलाका प्रहरी कार्यालय छिन्चुको ११ कोठे भवन उद्धाटन

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु