सुर्खेत । कर्णाली यो बर्ष दुइ महिनाको अवधीमा विपद् जन्य घटनामा परि ७ जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार २०८२ जेठ १८ देखि भदौ ८ गतेसम्म प्रदेशभर बाढी, पहिरो, चट्याङलगायतका ३ सय ८ वटा घटनामा परी ७ जनाको ज्यान गएको छ भने ३९ जना घाइते भएका हुन् ।
घटनामा मानवियसँगै लाखौँको भौतिक क्षती समेत भएको प्रहरीले जनाएको छ । तथ्याङ्कअनुसार ३ सय ४२ वटा भौतिक संरचनामा क्षती पुगेको छ भने ३ सय ११ पशुचौपाय मरेका छन् ।
प्रहरीकाअनुसार सबैभन्दा धेरै विपद्जन्य घटना भुकम्प प्रभावित जिल्ला रुकुम पश्चिम र जाजरकोटमा भएका छन् । रुकुम पश्चिममा ५५ विपदजन्य घटना भएको र एकजनाको मृत्यु तथा एकजना घाइते भएका छन् । रुकुम पश्चिममा ५२ भौतिक संरचना क्षती भएको छ ।
जाजरकोटमा पनि ४६ विपदजन्य घटना यो अवधीमा हुँदा २ जनाको मृत्यु र ३ जना घाइते भएको प्रहरीको तथ्याङ्क छ । त्यसैगरी ५६ वटा भौतिक संरचनामा क्षती पुगेको छ भने ८ वटा पशुचौपाय परेका छन् ।
यस्तै, सुर्खेतमा विपद्का घटनामा परि २ जनाको मृत्यु भएको छ । २२ वटा विपदका घटनामा परि ८ जना घाइते भएका छन् भने २१ वटा भौतिक संरचनामा क्षती पुगेको र २ वटा पशु चौपाय मरेका छन् ।
डोल्पा र मुगुमा पनि विपद्का घटनामा परि १÷१ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता केदार खनालले जानकारी दिनुभयो ।
उहाँका अनुसार १७ वटा विपद्का घटनामा डोल्पामा ६ जना घाइते, ३७ भौतिक संरचनामा क्षती पुग्दा मुगुमा २५ वटा विपदका घटनामा ३ जना घाइते तथा २५ वटा भौतिक संरचनामा क्षती पुगेको छ । मुगुमा विपद्मा परि ४५ वटा पशुचौपाय मरेका छन् ।
यस्तै, दैलेखमा ३९ वटा विपदका घटना हुँदा ९ जना व्यक्ती घाइते र ९ वटा पशुचौपाय मरेका छन् । दैलेखमा २४ वटा भौतिक संरचनामा क्षती पुगेको छ ।
सल्यानमा २९ वटा विपद्का घटनामा ७ जना व्यक्ती घाइते र ८ पशुचौपाय मरेको तथ्याङ्कमा उल्लेख छ । त्यहाँ २६ वटा भौतिक संरचनामा क्षती पुगेको छ ।
यसैबिच, दुइ महिनाको अवधीमा कालिकोटमा ४६ वटा विपद्का घटना भएका छन् । ति घटनामा परि १ जना व्यक्ती घाइते भएका छन् भने ४५ घरमा क्षती पुगेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता खनालले बताउनुभयो ।
हुम्लामा भने अन्य जिल्लाको तुलना क्षती कम रहेको उहाको भनाई छ । हुम्लामा १४ वटा विपदका घटनामा ७ वटा पशु चौपाय मरेका छन् ।
सबैभन्दा धेरै बाढी पहिरोका घटना
प्रहरीको तथ्याङ्कअनुसार कर्णालीमा सबैभन्दा धेरै क्षती बाढी पहिरोले पुर्याएको छ । प्रवक्ता खनालले कर्णालीको भुगोलका कारण पनि बाढी पहिरोको जोखिम बढी देखिएको बताउनुभयो ।
उहाका अनुसार असार १८ देखि भदौ ८ गतेसम्म पहिरोका १ सय ३३ र बाढीका ३९ घटना भएका छन् । बाढी पहिरोमा मात्रै ४ जनाको मृत्यु र १२ व्यक्ती व्यक्ती घाइते भएका छन् । बाढी पहिरोले मात्रै २ सय ३३ भौतिक संरचनामा क्षती पुर्याएको छ ।
पछिल्लो समय चट्याङका घटनाले पनि क्षती बढ्दै गएको तथ्याङ्कले देखाउछ । चट्याङबाट २ महिनाको अवधीमा २ जना व्यक्तीको मृत्यु भएको छ भने २७ व्यक्ती घाइते भएका छन् ।
चट्याङले पशुचौपायमा समेत क्षती पुर्याउने गरेको छ । माथिल्लो कर्णालीका खर्क र पाटहरुमा पशुचौपाय चराउन लैजाने गरिन्छ । त्यहाँ धेरै चट्याङ पर्ने भएको हुँदा पशुचौपायमा क्षती देखिएको हो । २ महिनाको अवधीमा मात्रै कर्णालीमा चट्याङबाट २ सय ६८ पशुचौपाय मरेका छन् ।
कर्णाली दुइ महिनाको अवधीमा विपद्का घटनामा ७ जनाको मृत्यु, ३९ जना घाइते
कर्णाली दुइ महिनाको अवधीमा विपद्का घटनामा ७ जनाको मृत्यु, ३९ जना घाइते

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु