सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो दश बर्षमा विपद्का घटनामा परि ६ सय १९ जनाको मृत्यु भएको छ ।
कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा २०७२ देखि २०८१ सम्मको दश बर्षको अवधीमा ६ सय १९ जना व्यक्तीको विपदका घटनामा परि मृत्यु भएको हो ।
तथ्यांकअनुसार दश बर्षमा प्रदेशभर ६८ जना बेपत्ता भएका छन् भने १२ सय ६६ जना घाइते भएका छन् ।
यो अवधिमा सबैभन्दा बढी जाजरकोट जिल्लामा विपद्बाट १ सय ८४ जनाको मृत्यु भएको छ भने सबैभन्दा कम मुगुमा २६ जनाको मृत्यु भएको छ ।
यस्तै, रुकुममा ९२ जना, कालिकोटमा ८४ जना, जुम्लामा ४७ जना, हुम्लामा ४६ जनाको विपदमा घटनामा परि मृत्यु भएको छ ।
यसैगरी, सल्यानमा ३९ जना, दैलेखमा ३६ जना, डोल्पामा ३५ जना, सुर्खेतमा ३० जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ ।
एक दशकको अवधी सबैभन्दा धेरै पहिरोबाट १ सय ८० जनाको मृत्यु भएको छ । यस्तै भुकम्पबाट कारण १ सय ५४ जनाको मृत्यु हुँदा आगलागीबाट ६४ जनाको मृत्यु भएको प्रदेश सरकारसँग मिले विपदको क्षेत्रमा काम गर्दै आएको प्रतिबद्ध परियोजनाका विपद सहजकर्ता उज्वल अधिकारीले जानकारी दिनुभयो ।
उहाका अनुसार चट्याङबाट ४६ जना, बाढीबाट ३९ जना, महामारीबाट ३४, लेक लागेर २५ जना, वन डढेलोमा परि १५ जना, डुबेर १४ जना र भारी बर्षाका कारण १३ जनाको मृत्यु भएको छ ।
यो तथ्याङ्क राष्ट्रिय जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणबाट लिइएको उहाको भनाई छ ।
कर्णाली प्रदेशमा विशेष गरी भूकम्प, पहिरो, आगलागी, चट्याङ, बाढी र महामारी जस्ता प्रकोपहरूको कारण अत्यधिक रूपमा क्षति भएको आँकडाले देखाउँछ ।
यसका साथै महामारी, लेक लाग्ने, नदी कटान, डुबान, भूक्षय, जनावर आक्रमण, रोगको प्रकोप, असिना, हुरी बतास जस्त प्रकोपका कारण ठूलो धनजनको क्षति हुने गरेको छ । विभिन्न वैज्ञानिक अध्ययन अनुसार कर्णाली प्रदेश भूकम्पको उच्च जोखिममा रहेको छ ।
तथ्यांकअनुसार विपदबाट दश बर्षमा झण्डै साढे ३ अर्बको क्षती भएको छ । सबैभन्दा धेरै क्षती भुकम्पबाट भएको छ । गत बर्ष जाजरकोटमा आएको भुकम्पले धेरै क्षती पुर्याएको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्कअनुसार भुकम्बाट मात्रै २ अर्ब ४७ करोडभन्दा धेरैको क्षती भएको छ ।
यता, प्रदेश सरकारले सम्भावित विपद्बाट हुन सक्ने क्षती न्युनिकरणको लागि विपद पूर्व तयारी तथा प्रतिकार्य योजना बनाएर काम गरिरहेको जनाएको छ ।
यस्तै मनसुनको बेला हुन सक्ने विपद जोखिम कम गर्न समेत मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना अनुसार काम भइरहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव उत्तम गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार कक्षा ९ देखि १२ सम्म १३ हजार विद्यार्थीहरुलाई विपदबाट जोगिन सक्ने उपायहरुबारेमा हाते पुस्तक वितरण गर्ने योजना बनाइएको भन्दै उहाले यसले सचेतनामा सघाउ पुग्ने उल्लेख गर्नुभयो । सरकाले यस कार्यका लागि विभिन्न नीतिगत व्यवस्था समेत गरेको उहाले जानकारी दिनुभयो ।
कर्णाली प्रदेशमा पछिल्लो दश बर्षमा विपद्का घटनामा परि ६ सय १९ जनाको मृत्यु, साढे तिन अर्बको क्षती
कर्णाली प्रदेशमा पछिल्लो दश बर्षमा विपद्का घटनामा परि ६ सय १९ जनाको मृत्यु, साढे तिन अर्बको क्षती

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु