सुर्खेत । साग्रिला डेभेलपमेन्ट बैंकले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न सामाजिक सहयोग प्रदान गरेको छ ।
बैंकको २१ बर्ष पुरा गरी २२ औं बर्षमा प्रवेश गरेको अवसरमा प्रशान्ति वृद्धाश्रम र गुराँस गाउँपालिका वडा नम्बर ५ को स्वास्थ्य संस्थालाई सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरेको हो ।
गुराँस गाउँपालिका वडा नम्बर ५ मा रहेको गोगनपानी स्वास्थ्य चौकीलाई एक थान ह्वीलचियर र दुइथान पेरीलाइट सहयोग गरिएको बैंकका कर्णाली प्रदेश प्रमुख जीवन कुमार डिसीले जानकारी दिनुभयो ।
उक्त सामग्री स्वास्थ्य चौकीका अनमी उत्तरा केसी मार्फत वितरण गरिएको उहाले जानकारी दिनुभयो ।
यस्तै प्रशान्ति वृद्धाआश्रम वीरेन्द्रनगर ३ लाइ पनि ३६ हजार बराबरको खाद्यन्न वितरण गरिएको उहाको भनाई छ ।
एक सय १२ वटा शाखा रहेको सांग्रिला डेभलपमेन्ट बैंकको कर्णालीकै पुरानो नीजि बैंक हो ।
साग्रिला डेभेलपमेन्ट बैंक २२ औं बर्षमा प्रवेशः विभिन्न सामाजिक सहयोग
साग्रिला डेभेलपमेन्ट बैंक २२ औं बर्षमा प्रवेशः विभिन्न सामाजिक सहयोग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
