सुर्खेत । कर्णालीमा पछिल्लो समय मनोसामाजिक अपाङ्गता एवम समस्या बढ्न थालेको पाइएको छ ।
अपहेलित हुने डरले मनोसामाजिक समस्यामा परेका व्यक्तीहरु खुल्न सक्ने अवस्था नरहेको भएपनि भित्रभित्रै यो समस्या डरलाग्दो रहेको विज्ञहरु बताउछन् । समाजलाई सचेत बनाउनको लागि निरन्तर सचेतनाका कार्यक्रम संचालन गर्नुपर्ने उनिहरुको भनाई छ ।
कोशिश संस्थाले सुर्खेतको वीरेन्द्रनगरमा मनोसामाजिक अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको छ । नगरपालिकाभित्र निरन्तर सचेतनाका कार्यक्रम संचालन गरेपछि मनोसामाजिक अपाङ्गता भएका व्यक्तीहरुमा परिवर्तन आउन थालेको छ ।
कोशिश संस्थाले वीरेन्द्रनगरका १६ वटै वडामा पैरवी गर्दै आएपछि विगतमा विभेदमा परेका मनोसामाजिक अपाङ्गता भएका व्यक्तीहरुमा परिवर्तन आउन थालेको हो ।
वीरेन्द्रनगर नगरपालिकाबाट मनोसामाजिक अपाङ्गता भएका १५० जनाले परिचयपत्र पाएका छन् ।
कर्णाली प्रदेशसभा सामाजिक विकास समितिसँगको छलफल कार्यक्रममा बोल्दै परियोजना अधिकृत सूर्यप्रसाद भट्टराईले २३ जना मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूस्वरोजगारमुलक क्रियाकलापमा संलग्न गराइएको बताउनुभयो ।
उहाका अनुसार पढाई छाडेर बसेका तीन जना मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुलाई छात्रवृतिको लागी पहल गरी पुन अध्ययनमा फर्काईएको छ ।
“८० जना ब्यक्तिहरूले मनोबिमर्श सेवा प्रदान गर्दा उनीहरुको मानसिक स्वास्थ्यमा सुधार आएको छ” उहाले भन्नुभयो, “१५० जना मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूले परिचय पत्र प्राप्त गरी स्वास्थ्य बीमामा जोडिएका छन ।”
मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुलाई नियमित ममोविमर्श सेवा प्रदान गर्ने कार्य जारी रहेको उहाको भनाई छ ।
परियोजना मार्फत मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगार तथा स्वरोजगारमुलक क्रियाकलापहुरमा जोड्नको लागी विभिन्न निकायहरुसंग पहल तथा जिबिकोपार्जनमा सहयोग गरिएको छ ।
समुदायसतरमा मानिसहरु प्रत्यक्ष रुपमा मानसिक स्वास्थ्य तथा अत्महत्या रोकथामका विषयमा सचेत हुनुपर्ने भन्दै यो समस्याका बारेमा आम नागरिसम्म जनचेतना आवश्यक रहेको बताइएको छ ।
परिवार तथा समाजका केही व्यक्तिहरूले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूको क्षमतामा विश्वास नगर्नु र सरोकारवालाहरूले कार्यक्रमहरू बनाउँदा समग्र अपाङ्गतालाई लक्षित गरी कार्यक्रम तर्जुमा गर्नुले मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरू पहुँचमा पुग्न सकेका छैनन् ।
छुट्टै कानुन बनाउन सुझाव
छलफलमा सहभागि भएका सरोकारवालाहरुले मनोसामाजिक समस्यालाई निराकरण गर्नको लागि छुट्टै कानुन प्रदेश सरकारले बनाउनुपर्ने सुझाव दिएका छन् ।
उनिहरुले मानिस मानसिक रुपमा स्वस्थ भए मात्रै अरु क्षेत्रको विकास सम्भव हुने भन्दै छुट्टै कानुन बनाएर काम गर्न सुझाव दिएका हुन् ।
कोशिश सुर्खेतका उपाध्यक्ष शोभा खनालले मनोसामाजिक अपाङ्गताको क्षेत्रमा अझैपनि खुल्न सक्ने वातावरण नभएको भन्दै सरकारले कानुन बनाएर सहज वतावरण बनाउनुपर्ने माग गर्नुभयो । “अरु उपचार पाउनलाई सजिलो छ, उहाले भन्नुभयो, मनोसामाजिक समस्या भएका व्यक्तीहरुको लागि भने त्यस्तो सुविधा छैन्, कर्णाली प्रदेश अस्पतालमा रहेको मनोसामाजिक उपचार केन्द्रमा पनि मानिसहरु जान हिचकिच्याउछन् । किनभने विभेदमा परिने डर छ, त्यसैले सरकारले छुट्टै कानुन निर्माण गरिदिनुपर्छ,”
मनोसामाजिक समस्यामा आफै पर्नुभएका सुर्खेतका शान्ति शर्माले पनि आफुहरुको लागि सहज वातावरण बन्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
अधिकारकर्मी जितलाल ढकालले समग्र अपाङ्गताको क्षेत्रमा प्रदेश सरकारले विशेष प्राथमिकता राखेर काम गर्नुपर्ने सुझाव दिनुभयो ।
यता, प्रदेशसभा सदस्यहरु पनि मनोसामाजिक अपाङ्गताको लागि छुट्टै कानुन बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
प्रदेश सभा सदस्य हिक्मत विष्टले मानसिक रुपमा जब मानिस स्वस्थ हुन्न तबसम्म अन्य विकास गर्न समेत अवरोध हुने बताउँदै यो समस्याको समाधानको लागि पहल गर्ने बताउनुभयो ।
अर्का सांसद खड्क बहादुर पोख्रेलले पनि समाजमा मनोसामाजिक समस्या विक्राल भएको भन्दै गाउँगाउँसम्म जनचेतनाका कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसद जुक्मित लामाले ऐन कानुन बनाउनको लागि आफुहरुले पैरवी गर्ने र त्यसको प्रभावकारी कार्यान्वयनमा सरकार लाग्नुपर्ने प्रतिवद्धता जनाउनुभयो ।
कर्णाली प्रदेशसभा सामाजिक विकास समितिका सभापती पूर्ण बहादुर खत्रीले यो विषय एकदमै गम्भिर विषय रहेको भन्दै समितिमा समेत विभिन्न सरोकारवालाहरुलाई ल्याएर छलफल गरि आवश्यक कानुन बनाउन पहल गर्ने बताउनुभयो ।
मनोसामाजिक समस्या बढ्दै, छुट्टै कानुन बनाउन सुझाव
मनोसामाजिक समस्या बढ्दै, छुट्टै कानुन बनाउन सुझाव
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
