सुर्खेत । सुर्खेतमा मतदाता नामावली दर्ता गराउनेको चाप बढेको छ ।
प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार नयाँ मतदाता नामावली दर्ता खुला भएको शुरुका दिनमा दर्ता गराउनेको संख्या न्युन थियो । तर पछिल्ला केही दिनमा मतदाता नामावली दर्ता गराउनेको चाप बढेको हो ।
अहिले दैनिक २ सय ५० जनाको हारहारीमा नयाँ मतदाता नामावली बनाउनेको संख्या रहेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रमुख नन्दाराम चौलागाईंले जानकारी दिनुभयो । मतदाता नामावली दर्ता गराउनेको चाप बढेपछि अहिले बिहान ८ बजेदेखि नै कार्यालय खोलेर काम गरिएको चौलागाईंको भनाई छ ।
“आयोगले मतदाता नामावली दर्ता गर्ने कार्य शुरु गरेको शुरुका दिनमा ५÷७ जना मात्रै दर्ता गर्न आउनुहुन्थ्यो, उहाले भन्नुभयो,” अहिले नेपाल टेलिकमको व्याकट्युन राख्न थालिएपछि मतदाता नामावलीमा नाम दर्ता गराउनेको चाप बढेको छ, अहिले दैनिक २ सय ५० जनासम्म नायाँ मतदाता थपिएका छन् । चाप बढेपछि हामीले कार्यालय बिहान ८ बजेदेखि खोलेर काम गरिरहेका छौँ ।
उहाकाअनुसार आज (मंगलबार) सम्म सुर्खेत जिल्लामा मात्रै १ हजार ७ सय नयाँ मतदाता थपिएका छन् । कात्तिक ३० गतेसम्म दर्ता गर्ने समय भएकाले यो संख्या अझै बढ्ने उहाको भनाई छ ।
गत चैतसम्मको अध्यावधिक विवरण अनुसार सुर्खेतमा पुरुष मतदाता १ लाख १९ हजार ३ सय ८९ छन भने महिला मतदाता १ लाख २५ हजार २ सय ८५ जना गरी जम्मा २ लाख ४४ हजार ६ सय ७४ जना रहेका छन् ।
कर्णालीभर ९ लाख ८ हजार ४ सय ३३ जना मतदाता रहेका छन् । अब नयाँ मतदाता थपिएसँगै करिब दश लाख मतदाता पुग्ने आंकलन गरिएको छ ।
सुर्खेतमा मतदाता नामावली दर्ता गराउनेको चाप बढ्यो, निर्वाचन कार्यालय बिहान ८ बजेदेखि संचालन
सुर्खेतमा मतदाता नामावली दर्ता गराउनेको चाप बढ्यो, निर्वाचन कार्यालय बिहान ८ बजेदेखि संचालन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
