सुर्खेत । जनमुखी कृषि तथा पशुपालन सहकारी संस्था वीरेन्द्रनगर सुर्खेतको कारोवार १० करोड ४९ लाख ४६ हजार २ सय ४० पुगेको छ ।
सहकारी संस्थाको १४ औं बार्षिक साधरणसभामा आज पेश गरिएको प्रतिवेदनमा सहकारी संस्थाको कुल कारोबार रकम १० करोड ४९ लाख ४६ हजार २ सय ४० रुपैयाँ पुगेको उल्लेख गरिएको छ ।
साधरणसभामा जनमुखी सहकारी संस्थाका कोषाध्यक्ष गौरी दाहालले संस्थाको वित्तिय कारोबार प्रस्तुत गर्दै आगामी बर्षमा संस्थाको कुल कारोबार १२ करोड ३० लाख ८६ हजार ९ सय १३ रुपैयाँ पुर्याउने लक्ष्य राखिएको जानकारी दिनुभयो ।
संस्थाको शेयर पुँजी रकम १ करोड ८ लाख १६ हजार ४ सय रहेको भन्दै आगामी बर्षसम्म १ करोड २५ लाख शेयर पुँजी रकम पुर्याउने लक्ष्य सहकारीले राखेको छ ।
सहकारीले विभिन्न शिर्षकबाट गत बर्ष एक करोड ४२ लाख ९४ हजार ८ सय ९५ रुपैयाँ आम्दानी गरेको छ भने आगमी बर्ष यो आम्दानी १ करोड ५१ लाख १५ हजार ९ सय ८६ रुपैयाँ पुर्याउने लक्ष्य राखिएको छ ।
सहकारीका अहिले तिनवटा कार्य क्षेत्रहरु वीरेन्द्रनगर, भेरीगंगा र लेकवेशी नगरपालिका रहेका छन् । सहकारीका जम्मा १४ सय ३७ सदस्यहरु रहेकोमा आगामी बर्षसम्म १२ सय २२ जना थप गरी जम्मा २६ सय ५९ पुर्याउने लक्ष्य राखिएको कोषाध्यक्ष गौतमले जानकारी दिनुभयो ।
संस्थाका सचिव कृष्ण कुमार बुढाक्षेत्रीले आफ्नो तर्फबाट बार्षिक प्रतिवेदन पेश गर्दै गत बर्ष मृत्यु भएका दुइजना शेयर सदस्यका परिवार, ११ जना सुत्केरी भएका सदस्यहरुलाई पोषणभत्ता, बिरामी सदस्यका परिवारलाई उपचार खर्च गरि जम्मा ८१ हजार ५ सय राहत स्वरुप प्रदान गरेको बताउनुभयो ।
यस्तै, विभिन्न सीपमुलक तालिमसँगै कृषि तथा पशुपालन व्यवसाय प्रवद्र्धनको लागि विभिन्न कार्यक्रम गरी उद्यमी तयार गरिएको जनाइएको छ ।
यसैबिच, साधरणसभामा बोल्दै सहकारी संस्थाका अध्यक्ष मधुवन विसीले सहकारीको मुल्य मान्यता अनुरुप काम गरिने भन्दै शेयर सदस्यहरुको आर्थिक पाटोलाई बलियो बनाउनको लागि शसक्त भएर काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
उहाले किसानलाई आत्मनिर्भर र सशक्त बनाउन , कृषि पेशालाई समान्नित तथा व्यवसायिक बनाउनको लागि विभिन्न कामहरु सहकारी मार्फत गरिने बताउनुभएको छ ।
हाल सहकारीले कृषि तथा पशुपालन क्षेत्रमा आत्मनिर्भर बनाउनको लागि विभिन्न सिपमुलक तालिमसँगै, बिऊ, मलसँगै कृषि कर्जा दिएर किसानहरुलाई सहज बनाएको बताउनुभयो ।
साधरणसभामा बोल्दै वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष डिल बहादुर रखालले सहकारी संस्थाहरुले मुल्य मान्यताअनुसार काम गर्नुपर्ने सुझाव दिनुभयो ।
उहाले जनमुखी सहकारी संस्था आम किसानहरुलाई व्यवसायिक बनाउन सहज भुमीका निर्वाह गरेको भन्दै आगामी दिनमा अझै सकरात्मक कार्य गर्न सुझाव दिनुभयो ।
साधरणसभाबाट सहकारीमा योगदान गर्ने विभिन्न व्यक्तीहरुलाई सम्मान समेत गरिएको थियो ।
जिल्ला समन्वय समितिको हलमा गरिएको कार्यक्रममा सहकारीसँग सम्बद्ध व्यक्तीहरु लगायतको सहभागिता रहेको थियो ।
जनमुखी कृषि तथा पशुपालन सहकारी संस्था वीरेन्द्रनगर सुर्खेतको कारोवार १० करोडभन्दा धेरै
जनमुखी कृषि तथा पशुपालन सहकारी संस्था वीरेन्द्रनगर सुर्खेतको कारोवार १० करोडभन्दा धेरै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
