सुर्खेत । व्यवहार परिवर्तन सम्बन्धि तालिम वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटीको आयोजना तथा स्वीस रेडक्रस तथा ब्रिटिस रेडक्रसको आर्थिक सहयोगमा कात्तिक २४ गतेदेखि संचालन गरिएको ८ दिने व्यवहार परिवर्तन सम्बन्धिको तालिम आज (सोमबार) सम्पन्न भएको हो ।
व्यवहार परिवर्तनका लागि सहजकर्ता विकास गर्ने उद्देश्यले संचालित उक्त तालिममा कर्णाली प्रदेशको नेरेसो कर्णाली प्रदेश कार्यालय, सुर्खेत जिल्ला शाखा, दैलेख जिल्ला शाखा, रुकुम पश्चिम जिल्ला शाखा, लुम्बिनी प्रदेशको नेरेसो रुपन्देही जिल्ला शाखा, बाग्मती प्रदेशको नेरेसो भक्तपुर जिल्ला शाखा, सुदूरपश्चिम प्रदेशको नेरेसो कैलाली जिल्ला शाखाका स्वयंसेवकरकर्मचारीकहरु, कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सल्यान जिल्लाको कुमाख गाउँपालिका, रुकुम पश्चिम जिल्लाको सानोभेरी गाउँपालिका, जाजरकोट जिल्लाको शिवालय गाउँपालिका, नेपाल रेडक्रस सोसाइटी आँखा अस्पताल सुर्खेत, भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका र चागुनारायण नगरपालिका कर्मचारीहरु गरी कुल १८ जनाको सहभागिता रहेको थियो।
स्वीस रेडक्रसकी स्वास्थ्य सल्लाहकार मोनिका क्रिष्टोफोरी खड्का, नेरेसो कर्णाली प्रदेश कार्यालयका राजकुमार क्षेत्री र रेशम खड्का, नेरेसो लुम्बिनी प्रदेश कार्यालयका जगन्नाथ चौधरी तथा स्वीस रेडक्रस नेपाल अफिसकी छोदेन लामा योन्जनले सहजीकरण गर्नुभएको उक्त तालिममा समस्या र व्यवहार राम्ररी कसरी पहिचान गर्ने, कर्ता तथा गैर–कर्ताको व्यवहारका कारणहरू विश्लेषण गर्न तथ्यांक कसरी संकलन गर्ने र कसरी विश्लेषण गरि व्यवहारका कारणहरू पत्ता लगाउने, व्यवहार परिवर्तनका उपयुक्त विधिहरू कसरी छनोट गर्ने, व्यवहार परिवर्तनका गतिविधिहरु कसरी डिजाइन गर्ने, व्यवहार परिवर्तनका गतिविधिहरुको योजना बनाई प्रभावकारी रूपमा कसरी कार्यान्वयन गर्ने र अनुगमन तथा मूल्याङ्कन प्रक्रिया कसरी अपनाउने भन्ने बारे सैदान्तिक छलफल र फिल्ड तथा तालिम कक्षमा प्रयोगात्मक अभ्यास गरियको थियो ।
तालिमका सहभागीहरूले तालिमबाट समुदायको व्यवहार परिवर्तन गर्न आवस्यक ज्ञान तथा सिप प्राप्त भयको र आफ्नो व्यक्तिगत व्यवहार समेत परिवर्तन गर्न सहयोगी हुने धारणा ब्यक्त गर्नु भयको थियो ।

