सुर्खेत । जनता समाज पार्टी नेपालका अध्यक्ष एवम पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले देश अहिले गम्भिर संकटमा रहेको भन्दै यसको निकासका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताउनुभएको छ ।
जसपा नेपाल कर्णाली प्रदेशद्वारा आज सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अन्यौलताको बीचबाट मुलुक गुज्रिरहेको र यही अवस्था रहे ठूलो संकटको सामना गर्नुपर्ने अवस्था सिर्जना हुने भन्दै राष्ट्रिय एकता आवश्यक रहेको बताउनुभएको हो ।
“अहिले देशको लोकतन्त्र र अर्थतन्त्र धरापमा छ । जेनजीहरुका एजेण्डाहरुले स्थान पाएका छैनन्,” उहाँले भन्नुभयो, “यसरी देखापरेको राष्ट्रिय समस्या हल गर्न दलहरुको एकतासँगै संविधान संशोधन गरि जानुपर्ने हुन्छ । तर त्यसको हुन सकेको छैन्, द्वन्द्व व्यवस्थापन गरेर चुनावमा जानुपर्ने थियो, तर त्यसो हुन सकेन् तथापी हामी चुनावकै पक्षमा छौँ,”
अहिलेको सरकार संविधानअनुसार नभएको बताउँदै विशेष परिस्थितमा सरकार बनेकाले त्यसलाई स्वीकारेर चुनामा जानुपर्ने उहाको भनाई छ ।
उहाले थप्नुभयो, जुन राष्ट्रिय समस्याहरु छन्, ति समस्या समाधान गरेर गएको भए हुन्थ्यो, तर जेनजीहरुको माग त २०८४ मा हुने निर्वाचन २०८२ मा सार्नलाई थिएन,।”
चुनाव स्वतन्त्र, भयरहित र निष्पक्ष हुनेका शंका रहेको बताउँदै अध्यक्ष यादवले सेनाले गराउने चुनावबाट लोकतन्त्र खतरा अवस्थामा पुग्ने तर्क गर्नुभयो ।
जेनजी आन्दोलनपश्चात् सुरक्षकर्मीको मनोबल गिरेको जनाउनुभएका उहाँले मुलुकमा आन्तरिक सुरक्षासहित बहुआयमिक संकट बढ्दै गइरहेको उल्लेख गर्नुभयो ।
उत्पन्न राष्ट्रिय समस्या समाधानका निम्ति सरकारले दलहरुसँग समन्वय सहकार्य बढाएर चुनाव सुनिश्चितको माहोल तयार गर्नुपर्ने उहाँको भनाई थियो ।
सरकारले अझै निर्वाचनको वातावरण बनाउन नसकेको भन्दै अध्यक्ष यादवले सरकारले दलहरुसँग पनि सहकार्य गर्नुपर्ने सुझाव दिनुभयो ।
अध्यक्ष यादव पार्टीको कर्णाली प्रदेश स्तरिय प्रशिक्षणका लागि सुर्खेत आउनुभएको हो ।
देश अहिले गम्भिर संकटमा छ, राष्ट्रिय एकता गरेर निकास खोज्नुपर्छः अध्यक्ष यादव
देश अहिले गम्भिर संकटमा छ, राष्ट्रिय एकता गरेर निकास खोज्नुपर्छः अध्यक्ष यादव
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
