सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयमा भ्रष्ट्राचार तथा अनियमितता सम्बन्धिका उजुरीको चाङ लागेको छ ।
चालु आर्थिक बर्ष २०८२÷०८३ को हालसम्म कर्णाली प्रदेशभरबाट ५ सय १४ वटा उजुरी दर्ता भएका छन् ।
आयोगको सुर्खेत स्थित कार्यालयका अनुसार विभिन्न योजनाहरुमा भ्रष्ट्राचार तथा अनियमितता भएको भन्दै कर्णाली प्रदेशका दश जिल्ला र रुकुम पूर्वबाट गरि ५ सय १४ वटा उजुरी दर्ता भएका हुन् ।
गत आर्थिक बर्षबाट फछ्र्यौट हुन नसकी सरी आएका ७ सय ८२ र चालु बर्षका ५ सय १४ सहित १२ सय ९६ उजुरी अख्तियारको कार्यालयमा दर्ता भएका थिए । ति मध्य ४ सय ३० वटा उजुरी फछ्र्यौट भएको अख्तियार कार्यालय सुर्खेतका सुचना अधिकारी धर्मराज बुढाले जानकारी दिनुभयो ।
उहाका अनुसार अब चालु आर्थिक बर्षका २ सय ७३ र गत बर्षका ५ सय ९३ मुद्धाहरुको अनुसन्धान भइरहेको छ ।
चालु बर्षमा सबैभन्दा धेरै उजुरी सुर्खेतबाट १ सय ३३ वटा परेका छन् भने सबैभन्दा कम उजुरी पूर्वी रुकुमबाट ७ वटा मात्रै परेका छन् ।
यस्तै, दैलेखबाट ८६, कालिकोटबाट ५६, जाजरकोटबाट ३२, हुम्लाबाट २२, जुम्लाका ४७ वटा उजुरी दर्ता भएको कार्यालयको तथ्याङ्क छ ।
त्यसैगरी, मुगुका ४०, रुकुम पश्चिमका ३५, डोल्पाका २१, सल्यानका ३५ वटा उजुरी दर्ता भएको सुचना अधिकारी बुढाले बताउनुभयो ।
तथ्याङ्क अनुसार प्रदेश सरकारका आयोजनाहरुको पनि उजुरी दर बढ्दो रहेको छ ।
प्रदेश मन्त्रालय अन्तरगत सबैभन्दा धेरै उजुरी उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका रहेका छन् । मन्त्रालय र मन्त्रालय मातहतका ७८ वटा उजुरीमध्य २३ वटा फछ्र्यौट भएका छन् भने बाँकी ५५ वटा उजुरीमाथी अनुसन्धान भइरहको छ।
यस्तै, भौतिक पूर्वाधार मन्त्रालय अन्तरगतका ४७ वटा उजुरीमध्य १९ वटा फछ्यौट भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विशेषगरी निर्माण योजना सम्बन्धिका उजुरी धेरै आउने गरेको तथ्याङ्क छ ।
अख्तियार सुर्खेतमा उजुरीको चाङ
अख्तियार सुर्खेतमा उजुरीको चाङ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
