सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर १३ का हेमराज परियार शाररिक रुपमा अपाङ्गता भएका व्यक्ती हुनुहुन्छ । उहालाई ह्वीलचियरमा हिडडुल गराउनुपर्छ । १२ बर्षिया परियार सानैदेखि पढाईमा रुची राख्नुहुन्थ्यो । उहाको अमाले उहालाई विद्यालयसम्म छोड्नुहुन्छ । तर विद्यालयमा अपाङ्गतामैत्री शौचालय नहुँदा उहालाई समस्या थियो । “स्कुलमा चर्पी धेरै टाढा थियो, ह्वीलचियर लिन मिल्ने खालको पनि थिएन । हेमराजका आमा कौशिला परियारले भन्नुभयो,” “छोरो स्कुल गएर पढ्न रहर गर्ने, उसलाई ह्वीलचियरमै हिडडुल गराउनुपर्ने हुन्छ, तर विद्यालयमा अपाङ्गतामैत्री शौचालय नहुँदा समस्या भयो । अनि हामीले विद्यालय पठाउन छोड्यौँ । केही समयपछि विद्यालयमा अपाङ्गतामैत्री शौचालय बनेपछि अहिले सहज भएको छ, फेरी विद्यालय पढ्न पठाउछौँ ।”
हेमराज अहिले कक्षा ४ मा पढ्नुहुन्छ । परिलक्षि संस्थाले करिब ७ लाख लागतमा अपाङ्गतामैत्री शौचालय बनाइदिएपछि हेमराज जस्तै शारीरिक अपाङ्गता भएका विद्यार्थीका लागि शौचालय जान सहज भएको छ ।
अहिले उक्त विद्यालयमा २४३ जना विद्यार्थी अध्यन गरिरहेका छन् भने १६ जना अपाङ्गता भएका बालबालिका रहेको प्रधानाध्यापक हर्क बहादुर बुढा बताउनुहुन्छ । “हाम्रो विद्यालय २०५३ सालमा स्थापना भएको हो । हामीले अपाङ्गता भएका बालबालिकाको लागि छुट्टै श्रोत कक्षा पनि संचालनमा ल्यायौँ । आवासिय रुपमा बहिरा बालबालिकालाई पनि पढाइरहेका छौँ, तर विद्यालयमा अपाङ्गतामैत्री शौचालय र शुद्ध खानेपानीको समस्या भइरहेको थियो, धेरै ठाउँमा पहल गरेपनि सुनुवाई भएको थिएन । परिलक्षित संस्थाले अहिले अपाङ्गतामैत्री शौचालय निर्माण र शुद्ध खानेपानी व्यवस्था गरिदिएपछि धेरै सहज भएको छ, उहाले भन्नुभयो,”
संस्थाले अपाङ्गता भएका बालबालिकाको लागि पोषणयुक्त खाना, कपडाको लागि पनि सहयोग गरेको भन्दै प्रधानाध्यापक बुढाले सरकारले दिने रकमले मात्रै अपुग भइरहेको अवस्थामा संस्थाले गरेको सहयोगले अहिले सहज भएको बताउनुभयो ।
परिलक्षित संस्थाले २०२२ सेप्टेम्बरदेखि पोषणयुक्त खाजा एवम विभिन्न शैक्षिक सहयोग दिन थालेपछि श्रोत कक्षा संचालन गरिरहेका सुर्खेतका विद्यालयहरुमा सहज भएको छ ।
फेल्म नेपालको सहयोगमा परिलक्षित संस्थाले संचालन गरिरहेको शैक्षिक परियोजना कार्यक्रम अन्तरगत विभिन्न विद्यालयमा अध्यनरत अपाङ्गता भएका विद्यार्थीहरुलाई केन्द्रीत गरेर शैक्षिक सहयोग गर्ने गरेको छ ।
शिखर मावी रामघाट सुर्खेत, जनसेवा मावी घुर्सा लगायतका विद्यालयमा विद्यालयले प्रस्ताव गरेअनुसारको अपाङ्गता भएका विद्यार्थीहरुको लागि विभिन्न शैक्षिक सहयोगदेखि अन्य अपाङ्गतामैत्री भौतिक संरचना निर्माणमा सहयोग गरिरहेको परियोजनाका फिल्ड अधिकृत राजु लामिछानेले जानकारी दिनुभयो । उहाले भन्नुभयो, “स्थानीय सरकारहरुसँग मिलेर अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका छौँ, विशेषगरी अपाङ्गता भएका बालबालिकाको पढाई नरोकियोस्, भनेर हामीले विभिन्न श्रोत कक्षा संचालन गरिरहेका विद्यालय तथा विपन्न घरपरिवारका अपाङ्गता भएका बालबालिकालाई सहयोग गर्ने गरेका छौँ ।”

