सुर्खेत । नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश समितिको आयोजनामा विपद् जोखिम व्यवस्थापन तथा मानवीय सेवा सम्बन्धी प्रदेश स्तरीय समन्वय बैठक सम्पन्न भएको छ ।
बैठकमा कर्णाली प्रदेश सरकार, सुरक्षा निकाय, गैरसरकारी संस्था, निजी क्षेत्र तथा सरोकारवाला निकायबीच आपसी सहकार्य र समन्वयलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
विपद् जोखिम व्यवस्थापन र आपतकालीन प्रतिकार्यका लागि सरोकारवालाहरुको सामुहिक भूमिकाबारे समिक्षा गरिएको हो ।
बैठकमा सहभागी सरोकारवाला निकायले विपद व्यवस्थापनका लागि प्रदेशमा पूर्ण सरसफाइ कार्यक्रम, मनोसामाजिक परामर्श सेवा, प्रदेशस्तरीय रक्त बैंक तथा रक्तसञ्चार व्यवस्थापन सफ्टवेयर सञ्चालनमा जोड दिने प्रतिबद्धजना जनाएका छन् ।
यस्तै एम्बुलेन्स सेवा, गोदाम व्यवस्थापन, नगरपालिका स्तरमा राहत सामग्री भण्डारण, ड्रिल तथा सिमुलेसन अभ्यास, विपद् प्रतिकार्य (खाद्य÷गैर–खाद्य सामग्री तथा यातायात) र जीविकोपार्जन सम्बन्धी कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउने उनीहरुको भनाइ छ ।
बैठकले कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण, आपतकालीन तयारी तथा मानवीय सेवामा सरोकारवाला सबै निकायबीच दीगो सहकार्य र समन्वयलाई थप मजबुत बनाएको निष्कर्ष निकालिएको छ ।
रेडक्रसले स्वयंसेवक, कर्मचारी र समुदायलाई खोज तथा उद्धार र प्राथमिक उपचार लगायतका बिषयमा तालिममार्फत सशक्त बनाउँदै आएको प्रदेश समितिका अध्यक्ष लीलाराम सुवेदीले बताउनुभयो । विपद व्यवस्थापनमा रेडक्रसको सेवा र पहुँच बृद्धिमा जोड दिइएको उहाको भनाइ छ ।
उहाका अनुसार प्रदेश तथा जिल्ला शाखा र स्थानीय सरकारलाई विपद् तयारी तथा प्रतिकार्य योजना बनाउन सहजीकरण गरिएको छ । भने भूकम्प प्रतिरोधी भवन निर्माणका लागि तालिम तथा कम लागतका प्रकृतिमैत्री न्यूनीकरण संरचना निर्माणमा समेत योगदान पु¥याइएको छ ।
रेडक्रस कर्णालीका कार्यक्रम व्यवस्थापक राजकुमार क्षेत्रीले सातै प्रदेशमा रेडक्रसका प्रदेशस्तरीय कार्यालय स्थापना भई सक्रिय रुपमा कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो ।
कर्णाली प्रदेश समिति २०७५ चैत २० गते गठन भएको हो । कर्णाली प्रदेशमा हाल १० जिल्ला शाखा, नगरपालिका स्तरमा १२१ उपशाखा तथा विद्यालय स्तरमा ३०१ जुनियर÷युवा रेडक्रस सर्कल सञ्चालनमा छन् । भने करिब एक हजार ५०० जना प्रशिक्षित स्वयंसेवक सक्रिय रूपमा कार्यरत छन् ।
विपद जोखिम व्यवस्थापनमा सबै सरोकारावालाहरुले हातेमालो गर्नुपर्नेमा जोड
विपद जोखिम व्यवस्थापनमा सबै सरोकारावालाहरुले हातेमालो गर्नुपर्नेमा जोड
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
