सुर्खेत । मनो सामाजिक अपाङ्गताका सवालहरुमा कोशिश सुर्खेतले विभिन्न नीकायसँग पैरवी गर्नेगरी पाँच महिने कार्ययोजना तयार गरेको छ ।
मनोसामाजिक अपाङ्गता भएका व्यक्तीहरुको लागि कसरी पैरवी गर्ने भन्ने सम्बन्धमा गरिएको पैरवी तालिमपछि कार्ययोजना पाँच महिने कार्ययोजना बनाएर पैरवी गरिने भएको हो ।
कोशिश सुर्खेतले तयार पारेको कार्ययोजना अन्तरगत पैरवी क्यालेण्डरअनुसार पुस देखि बैशाखसम्म विभिन्न सवालमा पैरवी गरिने छ ।
जसअन्तरगत मनोपरामर्श पैरवी, निशुल्क स्वास्थ्य बिमाको लागि पैरवी, निशुल्क भनिएको औषधी निशुल्क पाउनको लागि पैरवी गरिने कोशिश सुर्खेतले तयार गरेको कार्ययोजनामा उल्लेख छ ।
यस्तै, अपाङ्गता लक्षित वजेटमा पहुँच पुर्याउन, सिप तथा क्षमता विकास कार्यक्रममा सहभागिताका लागि आयआर्जन गराउन र परिवारमा मनोसामाजिक अपाङ्गता भएका व्यक्ती उपर हुने हेला तथा दुव्र्यवहार विरुद्ध पैरवी गरिने कोशिश सुर्खेतका अध्यक्ष खैरुन निशाले जानकारी दिनुभयो ।
उहाका अनुसार यातायातमा छुटको लागि समेत पैरवी गरिने छ । त्यसको लागि सम्बन्धित नीकाय र सरोकारवालाहरुसँग छलफल, अन्तरक्रिया र वहस संचालन गरि जनचेतना पुर्याइने बताउनुभयो ।
जसअन्तरगत तथ्याङ्कसहित सरोकारवालाहरुलाई ध्यानाकर्षण गराउने, समस्याबाट बाहिर निकाल्न प्रयत्न गरिने उहाको भनाई छ ।
यसैबिच, कोशिशले पैरवी समुहका सदस्यहरु एवम साथी सहयोगी समुहका सदस्यहरुलाई पैरवी गर्न सहज होस् भन्नका लागि तिनदिने तालिम समेत दिएको थियो ।
वीरेन्द्रनगरमा आज सम्पन्न भएको तालिमकामा १८ जनाको सहभागिता रहेको थियो । तालिमबाट सिकेका विषयका आधारमा कार्ययोजना क्यालेण्डर तयार गरिएको सहभागिहरुले बताएका छन् ।
तालिमका प्रमुख प्रशिक्षक एवम पैरवी अभियानकर्ता कुन्दन काफ्लेले मनोसामाजिक अपाङ्गता भएका व्यक्तीहरुलाई कसरी पैरवी गर्ने र पैरवीबाट आम जनतासम्म जनचेतना कसरी पु¥याउने भन्ने विषयमा सिकाइएको बताउनुभयो ।
उहाले अहिले पनि विभिन्न कानुनहरुले मनोसामाजिक अपाङ्गता भएका व्यक्तीहरुलाई विभेद गरेको भन्दै यस्ता कानुनहरु संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
कोशिश सुर्खेतद्वारा विभिन्न नीकायसँग पैरवी गर्नेगरी कार्ययोजना तयार
कोशिश सुर्खेतद्वारा विभिन्न नीकायसँग पैरवी गर्नेगरी कार्ययोजना तयार
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
