सुर्खेत । अपाङ्गता भएका व्यक्तीहरुले महिला, दलित, अपाङ्गता भएका व्यक्ति, जनजाति, र युवा लगायतका सीमान्तकृत समूहहरूको समान पहुँच सुनिश्चित गर्नेगरी नीति ल्याउन माग गरेका छन् ।
हेड नेपालको सहयोगमा अपाङ्गता पुनः स्थापना ग्रामीण विकास संस्था र अपाङ्ग महिला समाज सुर्खेतले आज वीरेन्द्रनगरमा आयोजना गरेको एकदिने जेडसी पोलिसी सम्बन्धि प्रशिक्षण कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् ।
महिला, दलित, अपांगता, आदिवासी, जनजाति, थारू, मधेसी, युवा, ज्येष्ठ नागरिक र यौनिक अल्पसंख्यकको पहुँच सुनिश्चित गर्नेगरी नीति बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै स्पाइनल कड इन्जुरी संघका अध्यक्ष धर्मराज रावलले अहिले जेसी पोलिसी मात्रै कार्यान्वयनमा रहेको भन्दै अब सबै वर्गलाई समान अवसर प्रदान गर्ने प्रावधानहरू समावेश गरेर नीति बनाएर कार्यान्वयमा लैजानुपर्ने माग गर्नुभयो ।
यस्तै अर्का सहभागि मयाराम जैसीले पनि अपाङ्गता भएका व्यक्तीहरुलाई हरेक क्षेत्रमा अवसर सिर्जना गर्नको लागि पनि जेडसी नीति आवश्यक रहेको औँल्याउनुभयो ।
यता, परियोजना संयोजक रबि बोहोराले जेडसी नीति सम्बन्धि आम अपाङ्गता भएका व्यक्तीहरुलाई प्रशिक्षित गरेर नीति निर्माणको लागि सरकारको ध्यानाकर्षण गराइने जानकारी दिनुभयो ।
तालिमको प्रशिक्षण ललित शाहीले गर्नुभएको थियो ।
जेडसी पोलिसी ल्याउन माग
जेडसी पोलिसी ल्याउन माग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
