सुर्खेत । बुवा पूर्णबहादुर शाही ठकुरी र आमा ललिता शाही ठकुरीको कोखबाट सुर्खेत सिम्ता गाउँपालिका–६ राकममा बिजय शाही ठकुरीको २०५६ सालमा जन्म भयो । जन्मदै दृष्टिबिहीन भएर जन्मिएका शाहीको बाल्यकाल गाउँमै वित्यो । पहिलो सन्तानको रूपमा जन्मिएका शाही दृष्टिबिहीन भएको जनाउँदै उहाँका बुवा आमा चिन्तित थिए । किनकी त्यतिबेलाको समयमा अपाङ्गता भएका व्यक्तीलाई हेर्ने दृष्टिकोण अहिलेको जस्तो थिएन ।
निम्न परिवारमा जन्मिएका शाहीले सानैदेखि पढाईमा रूचि राख्नुहुन्थ्यो । शाहीले पढाइमा रूचि राख्न थालेपछि बुवा आमाले विद्यालयमा पढ्न पठाउने निर्णय गर्नुभयो । अनि उहाँ गाउँकै विद्यालयमा जान थाल्नुभयो । विद्यालय गएपनि उहाँको सिकाइ राम्रो हुनसकेको थिएन । विद्यालयमा अपाङ्गता भएका व्यक्तीलाई पढाउने छुट्टै कक्षापनि थिएन । विजयको बहिनी पनि दृष्ट्रिबिहीन नै हुनुहुन्थ्यो । विजय भन्नुहुन्छ, “अन्य साथीले जसरी सिक्न पाएको भए, म पनि पढ्न सक्थे होला भन्ने मलाइ लाग्थ्यो, बहिनीपनि दृष्टिबिहीन नै थिइन । घरमा बुवा आमाले साह्रै चिन्ता गर्ने गर्नुहुन्थ्यो । गाउँका मानिस पनि पढाएर यीनिले के नाई गर्न सक्छन र ? भन्ने गर्थे ।”
एकदिनको कुरा हो, शिखर मावी रामघाटमा अध्यापन गराउने शिक्षक टेकबहादुर ओली विजयको घरमा आइपुग्नुभयो । विजय र उहाँको बहिनीलाई देखेपछि उनीहरुलाई शिखर मावी रामघाटमा दृष्टिबिहीनको लागि ब्रेललिपीबाट पढ्ने वातावरण छ भनेपछि विजयको घरमा खुशीयाली छायो । उहाँको परिवारले पहिलोपटक सुनेको थियो की दृष्ट्रिबिहिनको लागि ब्रेललिपीबाट पढाइ हुन्छ भनेर । अनि भोलिपल्ट पढ्नको लागि बिजय रामघाट जानुभयो ।
पढाइमा सधैँ उत्कृष्ट
जब बिजय ब्रेललिपीबाट आफ्नो पढाइ सुरु गर्नुभयो । उहाँ सधैँ कक्षामा उत्कृष्ट हुँदै जानुभयो । कक्षामा गुरुले पनि उहाँलाई हौसला दिनुहुन्थ्यो भने घरमा बुवा आमाले पढ्नमा जोडबल गर्नुहुन्थ्यो । “हामीजस्ता दृष्ट्रिबिहिनको लागि पढ्ने वातावरण रहेछ भन्ने थाहा भयो, अनि बुवा आमा गुरुको हौसला पनि पाएँ, त्यसपछि मेरो ध्यान पढाइमा नै केन्द्रीत हुन थाल्यो । कक्षामा सधैँ उत्कृष्ट नम्बर ल्याएर पास हुन्थे । विजय भन्नुहुन्छ,”
विजयले कक्षा ५ सम्म शिखर माविमा पढ्नुभयो । त्यसपछिको शिक्षा भने उहाँले को पेशा कृषि थियो व्यवसायमुखिभन्दा पनि निर्वाहामुखी भएको हुँदा घरको आर्थिक अवस्था पनि कमजोर थियो । अनि खाना बस्न विद्यालयले सहयोग गथ्र्यो अनि ब्रेललिपीबाट पढ्न थालियो ।
पढ्न रूचि सानैदेखि भएपनि पढ्न सकिन्न की भन्ने लागेका उहालाई जव ब्रेल लिपीबाट पनि पढाइ हुँदो रहेछ भन्ने थाहा भएपछि अझैँ पढ्न जोश आयो ।
कक्षामा सधैँ उत्कृष्ट नतिजा ल्याउन थाले । अनि सबै घरपरिवार गुरुले पनि माया गर्थे । शिखर मावीमा प्रथामिकत तहको शिक्षा लिएका उहाँले त्यसपछि बाँकेको कोहलपुरमा रहेको त्रिभोवन मावीमा पढाइ गनुभयो । कोहोलपुरमा उहाको पढाइ उत्कृष्ट नै थियो । अनि उहाँले ‘ए’ ग्रेड ल्याएर २०७३ सालमा एसईइ पास गर्नुभयो ।
घरमा खुशीयाली
छोराछोरी नै दृष्टिबिहीन भएको चिन्तामा रहने विजयको बुवा आमा जब बिजय माध्यामिक शिक्षा परीक्षा ९एसईइ०मा राम्रो नतिजा ल्याएर पास हुनुभयो । त्यसपछि भने घरमा खुशीयालीको वातावरण सुरु भयो । बिजय भन्नुहुन्छ, “छोराछोरी नै दृष्ट्रिबिहिन भए भनेर सधैँ चिन्तामा बुवा आमा हुनुहुन्थ्यो, जब म एसईइ पास भए । अनि मेरो घरमा धेरै खुशियाली छएको थियो, त्यसले झनै मलाइ हौसला मिलेको थियो ।”
बिजय प्लस टु पढ्न कलेज भर्ना हुनुभयो । घरको आर्थिक अवस्था कमजोर थियो । बुवाआमाको मुख्य पेशा कृषि थियो । त्यो पनि निर्वाहमुखी मात्रै । तथापी उहाँले धेरै अभावकाबीचमा प्लस टुमासमेत उत्कृष्ट अङ्क ल्याएर २०७६ सालमा उत्तीर्ण गर्नुभयो ।
सफलतामा पुग्न परिलक्षित साथ
बिजयको घरको आर्थिक अवस्था कमजोर थियो । प्लस दुई पास गरेका उहाँलाई स्नातक तह कसरी पढ्ने भन्ने चिन्ता थियो । पढ्नको लागि आर्थिक अवस्था कमजोर थियो । उहाँको कुनै आम्दानी पनि थिएन । सधैँ उत्कृष्ट अङ्क ल्याएर पास भएका बिजयलाई जीवनमा केही राम्रो काम गर्ने लक्ष्य थियो ।
रकम अभावकै कारण लक्ष्य पुरा हुन्न की भन्ने चिन्तामा बसेका बिजयसँग एकजना अपाङ्गताको क्षेत्रमा काम गर्ने व्यक्तिसँग भेट भयो । उहाँसँग सबै आफ्ना व्यथा भनेपछि उहाँले परिलक्षि संस्थाले अपाङ्गता भएका बिपन्न विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्नको लागि छात्रवृत्ती दिने कुरा थाहा पाएपछि उहाले छात्रवृत्तिको लागि परिलक्षित संस्थामा आवेदन दिनुभयो । उहाँ छात्रावृत्तिको लागि छनौट हुनुभयो । त्यसपछि उहाँ शिक्षा क्याम्पसमा स्नातक तहमा भर्ना हुनुभयो । उहाँलाई उच्च शिक्षा हासिल गर्न सहज भयो । बिजयले उच्च शिक्षा पढ्दै शिक्षक सेवा आयोगको तयारी गनुभयो । अनि उहाँले शिक्षक सेवा आयोगमा पहिलो पटक नै २०८० स्थायी शिक्षकमा नाम निकाल्न सफल हुनुभयो । त्यो दिन संसार जितेको जस्तो अनुभूति उहाँलाई भएको थियो ।
अहिले बिजय त्रिवेणी मावि सल्यानमा प्रावी तहमा अध्यापन गराइरहनुभएको छ । उहाँ भन्नुहुन्छ, “अपाङ्गता भएका व्यक्तिलाई अवसर दिए सफलता प्राप्त गर्न सक्छन, म परिलक्षित संस्थालाई धेरै धन्यवाद दिन चाहान्छु । संस्थाले गर्दा नै अहिले म यो स्थानमा छु । मेरो आगामी योजना शिक्षण पेशाबाटै अगाडि बढ्ने र आफूजस्तै अपाङ्गता भएका व्यक्तिलाई अगाडि बढाउने योजना छ ।”
अपाङ्गताले छेकेन बिजयको सफलतालाई
अपाङ्गताले छेकेन बिजयको सफलतालाई
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
