सुर्खेत । सुर्खेत वीरेन्द्रनगर वडा नम्बर ९ का टेक बहादुर कुमालले घरको गर्जो टार्न भन्दै आफन्तबाट रु ८१ हजार रकम सापटी लिएर आएँ । वीरेन्द्रनगर बजारबाट रकम लिएर घर जाँदै गर्दा उहाको पैसा बाटोमै खसेछ । घरमा जाँदा मात्रै पैसा हराएको थाहा पाउनुभयो । घर खर्च टार्न र छोराछोरीको पढाईमा खर्च गर्नको लागि ऋण काढेर ल्याएको रकम हराएपछि कुमाल आपतमा पर्नुभयो । अब हराएको रकम काँहा खोज्ने ? भनेर तनावमा परेका कुमालले आफु हिड्दै आएको बाटोभरी दिनभरी हराएको पैसा खोज्नुभयो, तर कतै पत्ता लागेन ।
निरास भएर साझमा घर फर्किएका उहाँले अब हराएको रकम नत घरको गर्जो टार्नलाई भयो । नत कुनै काममा प्रयोग नै भयो । तनावमा बसेका कुमालका आफन्तहरुले रकम भेटिएको कुरा फेसबुकमा भेटटए ।
कुमालको रु ८१ हजार रकम वीरेन्द्रनगरमा बस्दै आउनुभएका लेकवेशी नगरपालिका सुर्खेतका प्रेम बहादुर रास्कोटीले भेट्टाउनुभएको थियो । उहाँले सुरक्षित रुपमा राख्नुभएको उक्त रकम स्थानीय रेडियो भेरी एफएममा बुझाउनुभयो । अनि रेडियो भेरीका पत्रकार मधुवन विसीको रोहोबरमा उक्त रकम कुमाललाई नै फिर्ता बुझाइएको छ ।
पछिल्लो समय समाजमा खराब व्यक्ती मात्रै हुन्छन भन्ने भाष्य निर्माण भइरहेका बेला प्रेम बहादुरले देखाएको इमान्दारिताप्रति प्रसंशा भएको छ । उहाले इमानदारीता, संस्कार र मानवीय मूल्यलाई व्यवहारमै उतार्दै समाजमा सकारात्मक सन्देश दिनुभएको छ ।
राष्कोटीले भन्नुभयो, “मैले बाटोमा नगद भेट्दा केही क्षण सोचें, तर त्यो पैसा मेरो होइन भन्ने कुराले मनले स्वीकार गरेन। त्यो रकम कसैले अत्यन्तै आवश्यकतामा राखेको हुन सक्छ, त्यसैले जसको हो उसैलाई फिर्ता गर्नु नै सही निर्णय ठानेँ। इमानदारीले नै आत्मसन्तुष्टि दिन्छ।”
उहाँले थप्नुभयो, “आजको समयमा सबै कुरा पैसासँग तुलना गरिन्छ, तर नैतिकता र मानवता पैसाभन्दा ठूला कुरा हुन्। यदि हरेक व्यक्तिले आफ्नो कर्तव्य बुझेर सही काम गर्ने हो भने समाज आफैँ सुध्रिन्छ।”
कुमालले राष्कोटीप्रति धन्यवाद व्यक्त गर्दै भन्नुभयो, “मैले हराएको पैसा भेट्टिन्छ भन्ने आशा लगभग गुमाइसकेको थिएँ। यस्तो इमानदार व्यवहारले समाजप्रति विश्वास अझै बढाएको छ।”
उक्त नगद रकम टेकबहादुर कुमाललाई हस्तान्तरण गरिएको हो। रकम सुरक्षित रूपमा फिर्ता पाएपछि स्थानीयवासीहरूका अनुसार राष्कोटीको यस कार्यले इमानदारी अझै पनि समाजमा जीवित रहेको प्रमाणित गरेको छ। उहाँको उदाहरणले अन्य व्यक्तिहरूलाई पनि सत्य, नैतिकता र जिम्मेवारीप्रति सजग बन्न प्रेरित गरेको छ ।
सुर्खेतका प्रेम बहादुरको इमानदारिताः बाटोमा भेटिएको ८१ हजार रकम दिए फिर्ता
सुर्खेतका प्रेम बहादुरको इमानदारिताः बाटोमा भेटिएको ८१ हजार रकम दिए फिर्ता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
