मुगु । माघ कर्णाली प्रदेशको मुगुको गमगढीमा प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता सम्बन्धि स्थानिय पत्रकारहरुसँग अन्तरक्रिया आयोजना गरेको छ । प्रेस काउन्सिल नेपालका सदस्य पदमराज जोशीको प्रमुख आतिथ्यमा पत्रकारहरुसँग अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा सदस्य जोशीले समाजिक सञ्जालको दुरुपयोग गरेर गलत समाचार सम्प्रेषण गर्ने मध्ये पत्रकारहरु पनि रहेको बताउँदै हरेक पत्रकारले आचारसंहिताको पालना गर्नु पर्नेमा जोड दिए । पछिल्ला दिनमा पत्रकार र पत्रकारिता पेशामाथि नै आमजनताको विश्वास घट्दै गएको बताउदै काउन्सिलका सदस्य जोशीले पेशागत मर्यादा जोगाउन र नागरिकको सही सूचना प्राप्त गर्ने अधिकारको रक्षाका लागि स्वयं पत्रकार मर्यादित र जिम्मेवार हुनु पर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ मुगुका अध्यक्ष अच्युत भण्डारीले मुगुमा पत्रकारिताको अवस्थाका विषयमा जानकारी गराउँदै कर्णाली प्रदेशमा पत्रकारिताको विकासमा राज्यले लगानी गर्नु पर्ने बताउनुभयो ।
भण्डारीले मुगुका पत्रकारहरुले पत्रकार आचारसंहिता पालनामा ध्यान दिएकोमा जोड दिनुभयो । पत्रकार महासंघ मुगुका सचिव नन्द रोकायाले पत्रकारहरुको क्षमता अभिवृदिमा प्रेस काउन्सिलले पनि भूमिका खेल्नु पर्ने बताउनुभयो ।
मुगुमा दुई वटा एफएम र केही अनलाईनमात्र जेनतेन सञ्चालनमा रहेको जानकारी दिदै पत्रकार र पत्रकारिता बचाउन राज्यले सोच्नु पर्ने रोकायले बताउनुभयो । कार्यक्रममा अग्रज पत्रकार कविराज कार्कीले आचारसंहिता पालना गराउनुका प्रेस काउन्सिलको भूमिका महत्वपुर्ण रहेको पत्रकारहरुले पनि आफ्नो पेशागत मर्यादा विर्सन नहुने बताउनुभयो । कार्यक्रममा काउन्सिलका सदस्य जोशीले पत्रकार महासंघ मुगुका अध्यक्ष भण्डारीलाई पत्रकार आचारसंहिताको फ्लेक्स र पुस्तिका हस्तान्तरण गर्नुभएको थियो ।
मुगुमा पत्रकार आचारसंहिता सम्बन्धि प्रेस काउन्सिलको अन्तरक्रिया
मुगुमा पत्रकार आचारसंहिता सम्बन्धि प्रेस काउन्सिलको अन्तरक्रिया
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
