सुर्खेत । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि कर्णालीका १२ क्षेत्रबाट १ सय ३८ जनाले उमेद्वारी दर्ता गराएकोमा ६ जनाले आफ्नो उमेद्वारी फिर्ता लिएका छन् ।
जिल्ला निर्वाचन कार्यालयहरुका अनुसार कालिकोट, हुम्ला र सल्यानबाट गरी ६ जना उमेद्वारहरुले आफ्नो उमेद्वारी फिर्ता लिएका हुन् ।
जस अन्तरगत सबैभन्दा धेरै कालिकोटबाट ४ जनाले आफ्नो उमेद्वारी फिर्ता लिएका छन् । उमेद्वारी फिर्ता लिनेमा नेपाली काँग्रेसबाट बागी उम्मेदवारी दिएका भुपेन्द्रजग शाही, नेपाली कम्यनिस्ट पाटीका बागी उम्मेदवार जीवन बूढा, प्रगतिशील लोकतन्त्रिक पाटीका धर्मराज न्यौपाने र देशभक्त पाटीका प्रेमसिहं तिरुवा रहेको मुख्य निर्वाचन कार्यालय कालिकोटका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद दाहालले जानकारी दिनुभयो ।
उहाका अनुसार कालिकोटमा १४ जनाले उमेद्वारी दिएका थिए । अब १० जना उमेद्वार कायम भएका छन् ।
यस्तै, हुम्ला जिल्लाबाट मितेरी नेपाल पाटीका जयबहादुर शाहीले उमेद्वारी फिर्ता लिनुभएको छ । हुम्लामा अब ७ जना उमेद्वार कायम भएका छन् ।
सल्यानमा १६ जनाले उमेद्वारी दर्ता गरेकोमा आम जनता पार्टीका उमेद्वार मानसिंह विकले उम्मेदवारी फिर्ता लिनुभएको छ । यस जिल्लामा अब १५ जना उमेद्वार कायम भएका छन् ।
अन्य जिल्लाबाट भने कुनै उमेद्वारले आफ्नो उमेद्वारी फिर्ता नलिएको जिल्ला निर्वाचन कार्यालयहरुले जनाएका छन् ।
जस अन्तरगत जाजरकोटमा ११ जना उमेद्वार मैदानमा उत्रिदा, जुम्लामा एकजना स्वतन्त्रसहित १० जना, डोल्पामा एकजना स्वतन्त्रसहित ९ जनाको उमेद्वारी कायम भएको छ ।
मुगुमा ७ जना उमेद्वारहरु निर्वाचनमा होमिएका छन् भने दुइवटा क्षेत्र रहेको सुर्खेतमा ३० जना उमेद्वार मैदानमा छन् । सुर्खेत क्षेत्र नम्बर १ मा १३ जना र क्षेत्र नम्बर २ बाट १७ जना उमेद्वारी कायम भएको छ ।
यस्तै, दैलेख क्षेत्र नम्बर १ मा १० जना तथा क्षेत्र नम्बर २ मा ११ जनाको उमेद्वारी रहदा रुकुम पश्चिममा १२ जनाको उमेद्वारी कायम भएको छ ।
यो सँगै कर्णालीमा १३२ जनाको उमेद्वारी कायम भएको छ । कर्णालीमा १२ क्षेत्र रहेका छन् ।
कर्णालीका १२ क्षेत्रबाट १ सय ३८ मध्य ६ जनाले लिए उमेद्वारी फिर्ता
कर्णालीका १२ क्षेत्रबाट १ सय ३८ मध्य ६ जनाले लिए उमेद्वारी फिर्ता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
