सुर्खेत । कर्णालीमा पछिल्ला वर्षहरूमा बालबालिका तथा किशोरकिशोरीहरू नसर्ने रोगबाट प्रभावित हुँदै गएको पाइएको छ ।
कर्णाली प्रदेश अस्पाताल सुर्खेतको तथ्याङ्कअनुसार कर्णाली प्रदेश अस्पताल सुर्खेतमा २० वर्षमुनिका ठूलो संख्यामा बालबालिका विभिन्न नसर्ने रोगको उपचारका लागि अस्पताल पुग्ने गरेका हुन् ।
२० वर्षमुनिका ९ सय ५० जना बालबालिका मानसिक रोगसँग सम्बन्धित उपचारमा रहेका छन् ।
यसमध्ये साइकोसिस, अटिजम लगायतका समस्या भएका व्यक्तीहरु धेरै देखिएका छन । अस्पतालका सर्जन डा. सुवास शर्माले कम उमेरमै मानसिक स्वास्थ्य समस्या बढ्नु चिन्ताजनक रहेको बताउनुभयो ।
उहाँका अनुसार मुटुसम्बन्धी रोगका २७ जना, मधुमेहका १० जना, अटिजम स्पेक्ट्रम डिसअर्डरका १० जना, दमका ५ जना तथा क्यान्सरका १ जना बालबालिका उपचाररत रहेका छन् ।
अस्वस्थ जीवनशैली, जंक फुडको बढ्दो प्रयोग, शारीरिक गतिविधिको कमी, मानसिक तनाव र डिजिटल उपकरणको अत्यधिक प्रयोगले बालबालिकामा नसर्ने रोगको जोखिम बढाएको उहाको भनाई छ ।
समयमै स्वास्थ्य परीक्षण, सन्तुलित आहार, नियमित व्यायाम तथा मानसिक स्वास्थ्यप्रति परिवार र विद्यालयको सहकार्य आवश्यक रहेको उहाँको सुझाव छ ।
यसैबिच, वीरेन्द्रनगर नगरपालिकाबाट विपन्न नागरिकलाई औषधि उपचारका लागि १ सय ८० जना शिफासिस गरिएको तथ्याङ्क छ ।
यस्तै, सरोकारवालाहरुले बालबालिकामा नसर्ने रोग सम्बन्धि जनचेतना गाउँगाउँसम्म पुर्याउनुपर्नेमा जोड दिएका छन् ।
वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा युनिसेफको र सोसेक नेपालले वीरेन्द्रनगरमा आयोजना गरेको सह–सिर्जना कार्यशालामा सहभागि सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
युनिसेफका दिपका श्रेष्ठले बालबालिकाको स्वास्थ्यजस्तो संवेदनशील विषयमा विभिन्न सरोकारवालालाई एकै ठाउँमा ल्याई सह–सृजना प्रक्रिया सफलतापूर्वक सम्पन्न गरेकोमा वीरेन्द्रनगर नगरपालिकालाई धन्यवाद दिनुभयो ।
उहाले बालबालिकामा देखिँदै गएका नसर्ने रोगहरू स्वास्थ्यसँग मात्र होइन, शिक्षा, पोषण, मानसिक स्वास्थ्य र जीवनशैलीसँग गहिरो रूपमा जोडिएका विषय भएको बताउनुभयो ।
उहाले गाउँ गाउँसम्म सचेतनाका कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
वीरेन्द्रनगर नगरपालिका उपप्रमुख निलकण्ठ खनालले नसर्ने रोग सम्बन्धिको सचेतना आवश्यक रहेको भन्दै नगरपालिकाले विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको बताउनुभयो ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बालबालिकामा नसर्ने रोगका विषयमा सचेत बनाउनेगरी काम गर्नुपर्ने बताउनुभयो ।
उहाले आगामी बर्षदेखि यस सम्बन्धि नीतिगत व्यवस्था गरि प्रदेशभर नै कार्यक्रम संचालन गरिने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
कर्णालीमा नसर्ने रोगबाट प्रवभावित बन्दै बालबालिका
कर्णालीमा नसर्ने रोगबाट प्रवभावित बन्दै बालबालिका
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

