सुर्खेत । कर्णालीका साना उद्योगीहरुले खाद्य प्रशोधन सम्बन्धि तालिम पाएपछि उत्पादन बढाउन सहज हुने बताएका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेले कर्णालीका साना उद्योगीहरुलाई खाद्य प्रशोधन गर्ने सम्बन्धिको चार दिने तालिम दिएको थियो ।
तालिम प्राप्त गरेका उद्योगीहरुले आफुहरुले गरिरहेको उत्पादनलाई गुणस्तरिय र उत्पादन वृद्धि गर्न सहज भएको बताएका हुन् ।
दैलेख दुल्लु नगरपालिकामा अचार उद्योग संचालन गर्दै आउनुभएका सुवत्रा कुमारी उपाध्यायले आफुले अचार उद्योग संचालन गरिरहेको बताउँदै तालिमपछि उत्पादन बढाउन सहज हुने बताउनुभयो ।
उहाले आफुले उत्पादन गरेको अचार दैलेख जिल्लाभर पठाउने गरेको भन्दै त्यसबाट मासिक ३० हजार आम्दानी गरिरहेको बताउनुभयो
दुल्लु नगरपालिकामै फुर्डस उद्योग संचालन गरिरहेका पूर्ण बहादुर कार्कीले पनि तालिममा जुसहरु कसरी उत्पादन गर्ने भन्ने बारेमा सिक्ने अवसर पाएको भन्दै अब आफ्नो व्यवसाय अझै बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
सुर्खेत वीरेन्द्रनगरमा मालिका कृषि तथा पशुपालन फर्म संचालन गरिरहनुभएका रामनाथ सञ्ज्यालले पनि तालिमबाट आफुले धेरै कुरा सिकेको भन्दै अब व्यवहारमा लागु गर्ने बताउनुभयो ।
अर्का उद्योगी मुगुका धर्मराज रावलले पनि आफुले होम स्टे संचालन गरिरहेको र गुणस्तरिय र स्थानीय उत्पादनलाई प्रशोधन गर्न सक्नेगरी तालिमबाट सिकेको बताउनुभयो ।
तालिममा कर्णालीका दश वटै जिल्लाका साना उद्योगीहरुको सहभागिता रहेको थियो ।
तालिममा आलु चिप्स, टमाटर सस्, अचार ललगायतका खाद्य वस्तुहरुको उत्पादन र प्रशोधनका विषयमा सिकाइएको थियो ।
तालिमको समापनमा बोल्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सान्तोष दाहालले हरेक गुणस्तरिय र स्वच्छ खाना खाउन पाउने नागरिकको अधिकारलाई सुनिश्चित गर्नेगरी काम गर्न उद्योगीहरुलाई आग्रह गर्नुभयो ।
सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिल बहादुर कार्कीले कर्णालीमा रैथाने उत्पादन प्रसस्त रहेको भन्दै त्यसको प्रशोधन सही ढङ्गले गरि बाहिरी जिल्लासम्म निर्यात गर्न सक्ने आम्दानी वृद्धि हुने बताउनुभयो ।
समापन कार्यक्रममा कृषि विकास निर्देशानालय कर्णाली प्रदेशका निर्देशक तिलक पाण्डे लगायतको सहभागिता रहेको थियो ।
खाद्य प्रशोधन सम्बन्धि तालिमले कर्णालीका साना उद्योगी उत्साहित
खाद्य प्रशोधन सम्बन्धि तालिमले कर्णालीका साना उद्योगी उत्साहित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

