सुर्खेत । सुर्खेत अपाङ्ग समाजको नयाँ कार्यसमिति सर्बसम्मत रुपमा निर्वाचित भएको छ ।
सुर्खेत अपाङ्ग समाजको ३० औं बार्षिक साधरणसभा एवम ९ औं अधिवेशनबाट नरेन्द्र बहादुर जीसीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्व सम्मत रुपमा निर्वाचित भएको हो ।
जसको उपाध्यक्षमा रेणुका जैसी, सचिवमा श्रीकृष्ण बस्नेत, कोषाध्यक्षमा उत्तीमा खत्री र सहसचिवमा जानकी राणा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
यस्तै सदस्यहरुमा नरे कसेरा, धनसरा सुनार, हरिदेवी सुनार र प्रेम प्रसाद जैसी रहनुभएको छ ।
निर्वाचित समितिले अपाङ्गता भएका व्यक्तीहरुको हकहितको लागि काम गर्ने भन्दै सबै सरोकारवाला नीकायसँग समन्वयलाई बढाइने प्रतिवद्धता जनाएका छन् । नवनिर्वाचित अध्यक्ष जीसीले अपाङ्गता भएका व्यक्तीहरुको पहुँच अझै पनि सबै तहमा पुग्न नसकेको भन्दै त्यसका लागि आफुले पहलकदमी लिने प्रतिवद्धता जनाउनुभएको छ ।
साधरणसभाको उद्घाटन समारोह वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ का वडा सदस्य कमला नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
नरेन्द्र जीसीको अध्यक्षमा सुर्खेत अपाङ्ग समाजको नयाँ कार्यसमिति सर्बसम्मत निर्वाचित
नरेन्द्र जीसीको अध्यक्षमा सुर्खेत अपाङ्ग समाजको नयाँ कार्यसमिति सर्बसम्मत निर्वाचित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
