सुर्खेत । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले अबको पाँच बर्ष स्वर्णिम काल बनाउने खाकासहित नेपाली कांग्रेस निर्वाचनमा होमिएको बताउनुभएको छ ।
नेपाली कांग्रेसले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरेको प्रदेश स्तरिय चुनाबी आम सभालाई सम्बोधन गर्दै उहाले नेपालको फोहर राजनीतिलाई सफा गर्ने लक्ष्य साथ नेपाली कांग्रेस चुनामा होमिएको बताउनु भएको हो ।
सभापति थापाले अबको पाँच वर्ष नेपाललाई स्वर्णिम काल बनाउने प्रष्ट सपना,लक्ष्य, कार्यक्रम र संकल्प सहित आफुहरु बदलिएको कांग्रेस लिएर जनतामा आएको बताउनुभयो ।
“हामी प्रष्ट नीति र भिजनका साथ पाँच बर्षमा यो यो गर्छौ भनेर योजना ल्याएर आएका छौँ, अब हामीलाई एकपटक मौका चाहियो, २०८७ सालसम्म देशलाई बदल्छौ यो म त्यसै बोलिरहेको छैन, कांग्रेसको सभापतिको हैसियतले बोलिरहेको छु सभापति थापाले भन्नुभयो ।”
सभापति थापाले कर्णालीको गरिबी, खराब स्वास्थ, विकासमा पछि पर्नुको कारण खोतल्दै त्यसलाई समाधान गर्ने उपाय सहित आफू आएको भन्दै यसकालागि केहि संवैधानिक र कानुनी अडचन हटाउनु पर्ने औंल्याउनु भयो।
उहाँले अहिले यो गर्छु र त्यो गर्छु भन्दा पनि कुन क्षेत्रमा के समस्या छ भन्दै, समस्याको कारण र समाधानका खोज्दै त्यसमा काम गर्नुपर्ने स्पष्ट योजना आफुहरुसँग रहेको बताउनुभयो ।
उहाँले अहिलेको चुनाब बाध्यता र निर्विकल्प भएको भन्दै संबिधालाई ट्याक्रमा ल्याउन यो चुनाब अपरिहार्य रहेकाले यसमा कुनै सम्झौंता नहुने बताउनु भयो ।
थापाले भदौं २३ र २४ गते भएको जेन्जी आन्दोलन र घटनालाई हेर्ने दृष्टिकोणबिच यो चुनाबी प्रतिस्पर्धा रहेको बताउनु भयो ।
उहाँले अब सरकारको गोलीले निहत्या नागरिकको ज्यान जान नहुने भन्दै मखुण्डो लगाएर कसैले सिंहदरबार जलाउन पाउदैन भन्ने प्रष्ट मान्यताकासाथ नेपाली कांग्रेस अघि बढेको बताउनुभयो ।
“यो देशमा अब सरकारको गोलीबाट कोही निहथ्थाको ज्यान जानु हुँदैन, यो देशमा अब कुनै मुखुण्डोधारीले सिंहदरबार जलाउनुहुन्न सभापति थापाले भन्नुभयो,” यो अवस्था निर्माण हुन दिनुहुँदैन ।”
सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय उपसभापति पुष्पा भुसालले नेपाली कांग्रेस बदलिएर आएको भन्दै देशभर नै उभार आएको दाबी गर्नुभयो ।
नेपाली कांग्रेस कर्णाली प्रदेशसका सभापति ललितजंग शाहिको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नेपाली कांग्रेस निर्वाचन प्रचार प्रसार मूल समितिले कर्णाली प्रदेशका संयोजक गोबिन्द कोइरालाले गर्नुभएको थियो ।
अबको पाँच बर्षभित्र देशलाई स्वर्णिम काल बनाउँछौः सभापति थापा
अबको पाँच बर्षभित्र देशलाई स्वर्णिम काल बनाउँछौः सभापति थापा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

