सुर्खेत । प्रतिनिधिसभा निर्वाचनमा कर्णालीका १२ क्षेत्रमध्य ५ सिटमा विजयी हुँदै नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ ।
तत्कालिन नेकपा माओवादी केन्द्रको आधार इलाका भनेर चिनिने कर्णालीमा नेपाली कांग्रेस पहिलो पार्टी बनेको हो । नेपाली कम्युनिस्ट पार्टीले ४ सिट जितेर दोस्रो स्थान हासिल गरेको छ । निर्वाचनमा नेकपा एमाले, राप्रपा र रास्वपाले एक–एक सिट जितेका छन् ।
कांग्रेसबाट मुगुमा खड्ग शाही, हुम्लामा जयपति रोकाय, जाजरकोटमा खड्कबहादुर बुढा, दैलेख १ मा वासना थापा र सुर्खेत– १ मा विष्णुबहादुर खड्का निर्वाचित हुनुभयो ।
नेपाली कम्युनिस्ट पार्टीबाट कालिकोटमा महेन्द्रबहादुर शाही, सल्यानमा रमेश मल्ल, रुकुम पश्चिममा गोपाल शर्मा र डोल्पामा धनबहादुर बुढा निर्वाचित हुनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जुम्लामा ज्ञानबहादुर शाही निर्वाचित हुँदा एमालेबाट दैलेख २ मा लक्ष्मीप्रसाद पोखरेल विजयी हुनुभयो । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुर्खेत २ मा रमेश सापकोटा निर्वाचित हुनुभयो ।
कर्णालीमा कांग्रेस पहिलो पार्टी
कर्णालीमा कांग्रेस पहिलो पार्टी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

