सुर्खेत । वातावरण सुधार वहुउद्देश्यीय सहकारी संस्थाले सुर्खेत वीरेन्द्रनगरका ४२ जना जेष्ठ शेयर सदस्यहरुलाई सम्मान गरेको छ ।
संस्थाको २३ औं स्थापना दिवसको अवसरमा आज वीरेन्द्रनगरमा आयोजित कार्यक्रमबाट ७० बर्ष माथीका ४२ जेष्ठ शेयर सदस्यहरुलाई सम्मान गरिएको हो ।
उनिहलाई दोसल्ला ओढाएर सम्मान गरिएको वातावरण सुधार वहुउद्देश्यीय सहकारी संस्थाका प्रवन्धक श्याम न्यौपानेले जानकारी दिनुभयो ।
जेष्ठ सदस्यहरुले विगतमा संस्थामा गरेको योगदानको कदर गर्दै सम्मान गरिएको उहाको भनाई छ । जेष्ठ सदस्यहरुलाई विभिन्न सामग्री समेत प्रदान गरिएको उहाले बताउनुभयो ।
सम्मानितपछि बोल्दै जेष्ठ सदस्य हिक्मत बहादुर बस्नेतले विगतमा सामान्य रुपमा संचालन भएको संस्थाले धेरै व्यक्तीहरुलाई व्यवसायिक बन्न सहजता ल्याएको बताउनुभयो ।
संस्थाले आगामी दिनमा अझै पनि रचनात्मक काम गरी शेयर सदस्यहरुको आत्मनिर्भरताको लागि काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै संस्थापक सल्लाहाकार कमलराज रेग्मीले विगतमा छरिएर रहेको पुँजीलाई एकिकृत गर्न चुनौती सामाना गरेको संस्थाले अहिले साना साना पुँजीलाई एकिकृत गरि समाज रुपान्तरण अतुलनिय योगदान गरेको बताउनुभयो ।
उहाले चार जिल्लामा सेवा क्षेत्र रहेको संस्थाले आगामी दिनमा आफ्नो सेवा विस्तार अझै बढाउनुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा उपाध्यक्ष प्रेम प्रसाद चालिसेले आफ्नो स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम संस्थाका अध्यक्ष खगेन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो ।


