सुर्खेत । अधिकारकर्मीरुले दलित समुदायमाथि हुने जातीय भेदभाव तथा छुवाछुतलाई पूर्ण रुपमा अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।
अन्तर्राष्ट्रिय जातिय विभेद उन्मूलन दिवसका अवसरमा आज सुर्खेतको वीरेन्द्रनगरमा विभिन्न सामाजिक संस्थाहरुले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम बोल्दै अधिकारकर्मीहरुले अझै पनि जातीय भेदभाव कायमै रहेकाले पूर्ण रुपमा भेदभाव तथा छुवाछूतलाई अन्त्य गर्नुपर्नेमा जोड दिएका हुन् ।
उनीहरूले समान हक र समान अवसरसहितको समाजवादको आधार निर्माणका लागि सरकारले काम गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै अधिवक्ता गिता कोइरालाले जातीय विभेद कानुनअनुसार दण्डनिय रहेको भन्दै कानुन कार्यान्वयनमा जोड दिनुभयो ।
उहाले अहिले पनि जातिय विभेदविरुद्धका घटनाहरु दर्ता गर्न समस्या रहेको बताउँदै सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
आवाज संस्थाका पुष्पा नेपालीले जातीय विभेद र छुवाछुत हुनु मानवता विरुद्धको काम भएको भन्दै जबसम्म सोचमा परिवर्तन हुँदैन तबसम्म यो समस्या समाधान नहुने बताउनुभयो ।
उहाले जातीय भेदभाव तथा छुवाछुतलाई पूर्ण रुपमा अन्त्य गर्न आगामी दिनमा पनि निरन्तर सचेतनाका कार्यक्रम आवश्यक रहेको औँल्याउनुभयो ।
उनले जातीय विभेद उन्मुलन गर्नुपर्ने आवाज आगामी दिनमा उठाउन नपर्ने गरि पूर्ण रुपमा बिभेद अन्त्य गर्न सवै मिलेर लाग्नुपर्नेमा जोड दिए ।
अधिकारकर्मी टेकेन्द्र विश्वकर्माले पनि समाजमा बस्ने सबै मानिसहरु बराबर रहेको भन्दै जातकै आधारमा बलात्कृत हुनुपर्ने, मारिनुपर्ने तथा विभिन्न हिंसा सहनुपर्ने बाध्यतामा दलित समुदाय रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै अधिकारकर्मी पिताम्बर ढकालले पनि हरेक नागरिक सम्मानपूर्वक बाँच्न पाउनुपर्ने बताउँदै २१ औं सताब्धीमा समेत जातका आधारमा विभेद हुनु गलत भएको बताउनुभयो ।
उहाले सरकारले कानुन कार्यान्वयन र आवश्यक कानुन निर्माणमा ध्यान दिएर जातिय विभेदविरुद्ध लाग्नुपर्नेमा सुझाव दिनुभयो ।
कार्यक्रममा विभिन्न सरोकारवालाहरुले जातिय विभेद र छुवाछुत समाज रुपान्तरणको बाधक भएको टिप्पणी गरेका छन् ।
जातीय भेदभाव तथा छुवाछुतलाई पूर्ण रुपमा अन्त्य गर्नुपर्नेमा जोड
जातीय भेदभाव तथा छुवाछुतलाई पूर्ण रुपमा अन्त्य गर्नुपर्नेमा जोड
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

