सुर्खेत । कर्णाली प्रदेशमा क्षयरोग निवारण हुँदै गएको पाइएको छ ।
कर्णाली प्रदेश सरकार स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्क अनुसार कर्णालीमा क्षयरोगका बिरामीहरु घट्दै गएका हुन् ।
निर्देशनालयले उपलब्ध गराएको विवरणका आधारमा तिन आर्थिक बर्षको तथ्याङ्कलाई केलाउँदा पछिल्लो बर्षमा क्षयरोगका बिरामी भेटिने क्रम घटेको हो ।
आर्थिक २०७९÷८० मा १ हजार ५ सय ७७ जना क्षयरोगी फेला परेका थिए भने आर्थिक बर्ष २०८०÷८१ मा त्यो संख्या बढेर १ हजार ७ सय १४ पुगेको थियो ।
गत आर्थिक बर्षमा पनि १ हजार ५ सय ३९ जना क्षयरोगीका बिरामी भेटिएको भएपनि चालु आर्थिक बर्षमा करिब आधा संख्याले घटेर ८ सय ६१ मा झरेको छ ।
निर्देशनालयका क्षय कुष्ठरोग सुपरभाइजर अधिकृत पदम बहादुर केसीले कर्णालीमा विगतका बर्षहरुभन्दा चालु बर्षमा कुष्ठरोगका बिरामीको संख्या घटेको बताउनुभयो ।
उहाले सरकारले सन २०३५ सम्म नेपालमा कुष्ठरोग उन्मुलन गरिसक्ने सरकारको लक्ष्य अनुसार कर्णालीमा विभिन्न सचेनाका कार्यक्रमहरु गाउँ गाउँसम्म संचालन भइरहेको बताउनुभयो ।
“नेपालबाट सन २०३५ सम्म कुष्ठरोग उन्मुलन गर्ने सरकारको लक्ष्यअनुसार काम गरिरहेका छौँ, केसीले भन्नुभयो, विशेषगरी पालिकाहरुसँग समन्वय गरेर विभिन्न स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाहरुसँग समेत सहकार्य गरेर सचेतनाका कार्यक्रम गाउँगाउँसम्म लिएका छौँ । मलाई लाग्छ सरकारको लक्ष्य भेट्टाउनेगरी हामीले काम गरिरहेका छौँ ।”
उपचारको पहुँच बाहिर बिरामी
सरकारले क्षयरोगका बिरामीहरुलाई निशुल्क उपचार र औषधीको व्यवस्था गरेको छ । तर कर्णाली प्रदेश भौगोलिक रुपमा विकट भएकाले पनि सबै बिरामी उपचारको दायरामा आउन नसकेको सरोकारवालाहरु बताउछन् ।
स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशको गत तिन बर्षको तथ्याङ्कलाई विश्लेषण गर्दा समेत कर्णाली प्रदेशका विकट हिमाली जिल्लाका क्षयरोगका बिरामी उपचारको पहुँचमा नआएको संकेत गर्छ ।
चालु आर्थिक बर्ष २०८२÷८३ मा सबैभन्दा धेरै क्षयरोगका बिरामी सुर्खेतमा भेट्टिएका छन् । कर्णालीका अन्य जिल्लाभन्दा सुगम मानिएको सुर्खेतमा यो बर्ष मात्रै २ सय ९६ जना क्षयरोगी भेट्टिएका छन् ।
यस्तै, सल्यानमा १ सय ४३ जना, जाजरकोटमा एक सय एक जना, रुकुम पश्चिममा ९२ जना, दैलेखमा ८३ जन, कालिकोटमा ४६ जना, जुम्लामा ४५ जना बिरामी फेला परेको निर्देशनालयको तथ्याङ्क छ ।
यस्तै, डोल्पामा २१ जना, मुगुमा १९ जना र सबैभन्दा कम हुम्लामा १५ जना क्षयरोगका बिरामी फेला परेको केसीले जानकारी दिनुभयो ।
जिल्लागत तथ्याङ्कलाई हेर्ने हो भनेपनि सबैभन्दा कम क्षयरोगी हिमाली जिल्ला तथा विकट क्षेत्रका रहेकाले अझैपनि सबै बिरामी उपचारको पहुँचमा आउन नसकेको स्वास्थ्यकर्मीहरुको अनुमान छ ।
कर्णाली प्रदेशमा क्षयरोग निवारण हुँदै, विकट क्षेत्रका बिरामी उपचारको पहुँच बाहिर
कर्णाली प्रदेशमा क्षयरोग निवारण हुँदै, विकट क्षेत्रका बिरामी उपचारको पहुँच बाहिर
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

