सुर्खेत । अपाङ्गता भएका व्यक्तीहरुले प्रतिनिधिसभा निर्वाचनमा अपाङ्गता भएका व्यक्तीहरु मतदान गर्नबाट वञ्चित भएको गुनासो गरेका छन् ।
टेवाको आर्थिक सहयोगमा अपाङ्गता भएका आदीबासी जनजातीका लागि अनुसन्धान र विकास केन्द्रको आयोजनामा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको निर्वाचन सम्बन्धि समिक्षा कार्यक्रममा सहभागिहरुले यस्तो गुनासो गरेका हुन् ।
उनिहरुले मतदाता नामावली बनाउनबाट नै अपाङ्गता भएका व्यक्तीहरु जानकार हुन नसकेको गुनासो गरेका छन् ।
कार्यक्रममा बोल्दै स्पाइनल इन्जुरी युनियनका अध्यक्ष मदन कार्कीले विशेषगरी अपाङ्गता भएका व्यक्तीहरुको नामावली नै नहुने गरेको भन्दै नामावली भएका व्यक्तीहरुले समेत सहज रुपमा मतदान गर्न नपाएको गुनासो गर्नुभयो ।
उहाले भन्नुभयो, “निर्वाचन आयोगले मतदाता नामावली बनाउनको लागि सुचना जारी गर्छ, तर दृष्ट्रि सम्बन्धि र बहिरा अपाङ्गता भएका व्यक्तीहरुलाई त्यो सुचनाबारे थाहा नै हुँदैन्, जसले गर्दा उनिहरु मतदान प्रक्रियामा नै भाग लिन सकेनन् । मतदान गर्न पाएका अपाङ्गता भएका व्यक्तीहरु पनि अपाङ्गतामैत्री संरचना र मतदान केन्द्र नहुँदा सहज ढङ्गले मतदान गर्न पाएनन् ।”
उहाले आगामी निर्वाचनको समयमा अपाङ्गताको लागि छुट्टै मतदाता शिक्षा लागु गर्नुपर्ने माग गर्नुभयो । कार्कीले मतदानमा सहभागी भएका दृष्ट्रि सम्बन्धि अपाङ्गता भएका व्यक्तीहरुले आफुले इच्छाएको दल र उम्मेद्वारलाई मतदान गर्न नपाएको बताउनुभयो ।
कोशिश सुर्खेतका सदस्य केशव रोकायले मतदाता शिक्षा दिने क्रममा अपाङ्गता भएका व्यक्तीहरु नसमेटिएको भन्दै असन्तुष्टि जनाउनुभयो ।
अपाङ्ग महिला समाजका कोषाध्यक्ष दुर्गा उपाध्यायले पनि गत फागुन २१ गते भएको निर्वाचनमा अपाङ्गता भएका व्यक्तीहरु मतदान स्थलसम्म जान नसकेको भन्दै अपाङ्गतामैत्री संरचना र मतदान स्थल बनाउनुपर्ने माग गर्नुभयो ।
उहाले दृष्ट्रि सम्बन्धि अपाङ्गता भएका व्यक्तीहरुको भोट अरु सहयोगीले हालिदिने गरेको भन्दै आफ्नो इच्छाएको उम्मेद्वारलाई भोट गर्न नपाएको गुनासो गर्नुभयो ।
कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधिहरु पनि सहभागि भएका थिए । उनिहरुले अपाङ्गताको अधिकारका लागि विगतमा धेरै संघर्ष गरेको भन्दै अझै अधिकारसम्पन्न गराउनको लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
नेकपाका केन्द्रीय सदस्य खड्क बहादुर केसीले विगतमा आफुहरुले गरेको संघर्षबाट अपाङ्गता भएका व्यक्तीहरुले केही हदसम्म अधिकार पाएको भन्दै अझैपनि अधिकार सम्पन्न गराउनको लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कर्णाली प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख नन्द प्रसाद चौलागाईंले अपाङ्गतामैत्री निर्वाचन केन्द्र र उनिहरुलाई मतदान गर्न सहज बनाउने प्रयास गरिएपनि विभिन्न कठिनाईहरु आएको बताउनुभयो ।
उहाले विभिन्न कठिनाईका बाबजुत स्थानीय सरकारहरुसँग मिलेर अपाङ्गतामैत्री निर्वाचन कार्यक्रम संचालन गरिएको भन्दै आगामी दिनमा सबैको मताधिकार सुनिश्चित हुनेगरी काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा अपाङ्गता अधिकारकर्मी सुर्य भट्टराइले फागुन २१ गते भएको निर्वाचन र अपाङ्गताको अवस्थाका विषयमा आफ्नो प्रस्तुती राख्नुभएको थियो ।
निर्वाचनमा अपाङ्गता भएका व्यक्तीहरु मतदान गर्नबाट वञ्चित भएको गुनासो
निर्वाचनमा अपाङ्गता भएका व्यक्तीहरु मतदान गर्नबाट वञ्चित भएको गुनासो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
