सुर्खेत । अपाङ्गता भएका आदीवासी जनजाती महिलाहरुको हक अधिकारको लागि नेतृत्व विकास तालिम आजदेखि वीरेन्द्रनगरमा शुरु भएको छ ।
आदीवासी जनजाती राष्ट्रिय प्रतिष्ठानको सहयोगमा अपाङ्गता भएका आदीवासी जनजातीका लागि अनुसन्धान र विकास केन्द्रको आयोजनामा आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा तालिम शुरु भएको हो ।
विशेषगरी पछाडी पारिएका आदीवासी जनजाती महिलाहरुको नेतृत्व क्षमता वृद्धि गर्दै संवैधानिक अधिकारका विषयमा सिकाइने तालिमका प्रशिक्षक रत्ना रानाले बतायनुभयो ।
तालिमको उद्घाटन समारोहमा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले हरेक पछाडी पारिएका समुदायको उत्थानको लागि धेरै काम भएको बताउनुभयो ।
उहाले तालिमले महिलाहरु कसरी सक्षम हुने भन्ने जानकारी प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाले पछाडी पारिएका महिला, अपाङ्गता र आदीवासी जनजातीहरु सक्षम हुँदै गएको भन्दै आगामी दिनमा सरकारले समेत विशेष प्राथमिकता दिएर काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
आदीवासी जनजजाती महासंघ सुर्खेतका सल्लाहाकार अशोक राजीले अबका तालिम क्षमता विकासभन्दा पनि सिप विकास र रोजगारीसँग सम्बन्धित हुनुपर्ने सुझाव दिनुभयो ।
राष्ट्रिय आदीबासी जनजाती महिला महासंघ सुर्खेतका अध्यक्ष वासना गुरुङ्गले पछाडी पारिएका आदीवासी महिलाहरु त्यसमा पनि अपाङ्गता भएका व्यक्तीहरुको नेतृत्व विकास नहुँदा राज्यका नीकायहरुमा पहुँच पुग्न नसकेको भन्दै यो तालिले त्यस्तो अवसर सिर्जना गर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल आदीवासी जनजाती महासंघ सुर्खेत भुपेन्द्र थापा मगर, राष्ट्रिय आदीवासी जनजाती महिला महासंघ कर्णाली प्रदेश उपाध्यक्ष तिला श्रेष्ठ लगायतले आफ्नो भनाई राख्नुभएको थियो ।
तालिम भोलीसम्म संचालन हुने छ ।
अपाङ्गता भएका आदीवासी जनजाती महिलाहरुको लागि नेतृत्व विकास तालिम
अपाङ्गता भएका आदीवासी जनजाती महिलाहरुको लागि नेतृत्व विकास तालिम
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
