सुर्खेत । कर्णाली प्रदेशमा बाल मृत्युदरमा कमी आएपनि उल्लेख्य सुधार हुन सकेन, ५ वर्षमुनिको बाल मृत्युदर प्रति १ हजार २९ जना रहेको तथ्याङ्क
कर्णाली प्रदेशमा बाल मृत्युदरमा कमी आएपनि उल्लेख्य सुधार भने हुन नसकेको पाइएको छ ।
राष्टिय तथ्याङ्क कार्यालयलेद्वारा सञ्चालित नेपाल बहुसूचक सर्वेक्षण २०८१÷०८२ को पूर्ण नतिजा वीरेन्द्रनगरमा सार्वजनिक गर्दै कर्णालीमा बाल मृत्युदरमा उल्लेख्य सुधार हुन नसकेको देखाइएको हो ।
कर्णाली प्रदेशमा एक बर्ष उमेर समुहका प्रति एक हजारमध्य २२ जनाको मृत्यु हुने गरेको छ, भने ५ वर्षमुनिको बाल मृत्युदर प्रति १ हजार २९ जना रहेको पाइएको छ ।
अझै डरलाग्दो केछ भने एक महिना नपुग्दै जिवित जन्मेका प्रति हजार शिशूमध्य मृत्युदर ३८ जना रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक कृष्ण तुलाधरले जानकारी दिनुभयो ।
प्रतिवेदन अनुसार नेपालभर प्रति १ हजारर जीवित जन्मेका शिशुमध्ये १ वर्ष उमेर नपुग्दै २७ जना, ५ वर्षमुनिका बालबालिकामा मूत्युदर ३१ जना ,नवजात शिशुमये १ महिना नपुग्दै १७ जना शिशुको मृत्यु हुने गरेको तथ्याङ्क छ ।
यस्तै, कर्णाली प्रदेशमा ६८. ८ प्रतिशतले इन्टरनेटको सुविधा सहितको उपकरण प्रयोग गर्ने गरेका छन् भने १५ देखि ४९ वर्ष उमेर समूहका ८१ प्रतिशत महिलाले आफ्नै मोबाइल फोन प्रयोग गर्ने गरेको तथ्याङ्कमा जनाइएको छ ।
विद्युतमा निरन्तर सेवाको पहुँचमा पुगेका घरपरिवारको संख्या कर्णालीमा सबैभन्दा कम ८०.८ प्रतिशत रहेको छ भने टेलिफोनमा पहुँचको अवस्था ९३. ७ प्रतिशत रहेको छ ।
यसैबिच, कर्णालीमा अधिकांस व्यक्तीहरुले दुषित खानेपानीको प्रयोग गर्ने गरेको पाइएको छ ।
खानेपानी तथा सरसफाइमा कर्णाली प्रदेश सुधारिएको पिउने पानीका स्रोत प्रयोग गर्ने घरपरिवारे ९३.९ प्रतिशत रहेको जनाइएको छ । जसमध्य अधिकांसले भने ७४.३ प्रतिशतले दुषित पानी पिउने गरेका छन् ।
सर्वेक्षणमा घरपरिवारबाट पारिवारिक विवरण संकलज गर्नुका साथै बाल पोषणको स्थिति जानकारी गर्नका लागि तौल तथा उचाईको पनि मापन गरिएको थियो ।
कार्यक्रममा यसबाट संघीयका साथै प्रदेश तहसम्मका योजना तर्जुमा ,नीति निर्माण तथा विकास कार्यहरुको अनुगमनको लागि आवश्यक पर्ने कठिनाइलाई निर्मूल पनि यो सर्वेक्षणले सहयोग पुग्ने बताइएको छ ।
नेपालमा महिला तथा बालबालिकाको अवस्थाबारे राष्टिय तथा क्षेत्रीयस्तरको अनुगमन मूल्यांकन ,योजना तर्जुमा गर्न तथा स्तरीय र तुलना योग्य सूचकहरु उपलब्ध गराउने उदेश्य अनुसार राष्टिय तथ्यांक कार्यालद्वारा नेपालको चौथो सर्वेक्षण गरीएको थियो ।
कर्णालीमा बाल मृत्युदरमा उल्लेख्य सुधार हुन सकेन
कर्णालीमा बाल मृत्युदरमा उल्लेख्य सुधार हुन सकेन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
