सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रदेश सरकारहरू फेरबदलको विषयमा सर्वदलिय सहमती गरेर जानुपर्ने प्रस्ताव राख्नुभएको छ ।
आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा नेकपा संयोजक ‘प्रचण्ड’ले सर्वदलीय सहमतिमा प्रदेश सरकारहरू पुनर्गठन गर्न उपयुक्त हुने प्रस्ताव गर्नुभएको हो ।
‘प्रमुख पार्टीहरूले अब प्रदेशका सरकारहरू हामी मिलेर बनाऔँ भनेर कतै कांग्रेसको तर्फबाट, कतै नेकपा एमालेको तर्फबाट प्रस्ताव हामीकहाँ आउने गरेको थियो, आइरहेको पनि छ,’ उहाले भन्नुभयो,’
तर नेकपाको संयोजकको हैसियतले आफूले त्यसलाई इन्कार गरेको उहाले बताउनुभयो ।
हिले यो वा त्योसँग मिलेर सरकार बनाउने खेलमा आफू नभएको पनि प्रचण्डले प्रस्ट पार्नुभयो ।
यदि प्रदेश सरकारमा नयाँपन ल्याउने हो भने कांग्रेस, एमाले, नेकपा र मधेस केन्द्रित दलहरू समेत मिलेर साझा सरकार बनाउने कुरामा चाहिँ आफ्नो सहमति रहने उहाले बताउनुभयो ।
त्यसो गरे देशमा लोकतन्त्र, गणतन्त्रका पक्षधर तथा हिजोको शान्ति सम्झौता र संविधानसभाका पक्षधर सबै शक्ति एक ठाउँमा उभिँदा जनतालाई पनि एउटा ढाडस र राहत मिल्ने प्रचण्डको भनाइ छ ।
त्यसो गरे प्रदेश सरकार पनि तुलनात्मक रूपले राम्रो चल्न अपेक्षा उहाले गर्नुभयो ।
प्रदेश सरकारहरु सर्वदलिय सहमतिमा संचालन गरौँः प्रचण्ड
प्रदेश सरकारहरु सर्वदलिय सहमतिमा संचालन गरौँः प्रचण्ड
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
