सुर्खेत । प्रहरीले सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ एक घरबाट ठुलो परिणाममा सुनचाँदी र नगद बरामद गरेको छ ।
गोप्य सुचनाको आधारमा प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले वडा नम्बर ६ अन्तरगत कपडा व्यापारी श्यामसुन्दर अग्रवालको घरबाट ठुलो परिणाममा सुनचाँदी र ७० लाख भारतिय रुपैयाँ बरामद गरिएको हो ।
अग्रवालले भारतिय नोट सटहीसहित मिटर व्याजमा रकम दिने गरेको तथा धरौटीमा सुनचाँदी राख्ने गरेको पाइएको प्रहरीेले जनाएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता रामप्रकाश शाहाका अनुसार २ सय वटा सुनचाँदीका विभिन्न गरगहना र नगद बरामद गरिएको हो ।
प्रहरीले अग्रवाललाई समेत नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
वीरेन्द्रनगरबाट ठुलो परिणाममा गरगहना र नगद बरामद
वीरेन्द्रनगरबाट ठुलो परिणाममा गरगहना र नगद बरामद
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
