सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका ७ मा माटोको ढिस्कोले पुरिएर एकजना महिलाको मृत्यु भएको छ ।
भेरीगंगा ७ का निर्मला विकको घर पोत्ने माटो खन्ने क्रममा माथिबाट आएको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनास्थलमा प्रहरी परिचालन गरिएको जनाएको छ ।
यस्तै, सुर्खेत वीरेन्द्रनगर नगरपालिका घण्टाघर नजिकै सडेगलेको अवस्थामा नवजात शिशु फेला परेको छ ।
प्रहरीका अनुसार वीरेन्द्रनगर ६ घण्टाघर नजिक कम्पाउण्डभित्र देवालको छेउमा राखिएको अवस्थामा सडेगलेको अन्दाजी ९÷१० महिनाको नवजात शिशु फेला परेको प्रहरीले जनाएको छ ।
यस विषयमा आवश्यक अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
सुर्खेतको भेरीगंगामा माटोको ढिस्कोले पुरिएर एकजना महिलाको मृत्यु
सुर्खेतको भेरीगंगामा माटोको ढिस्कोले पुरिएर एकजना महिलाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
