सुर्खेत । वीरेन्द्रनगरमा एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन नागरिकले सुझाव दिएका छन् । मुख्यगरी नगरपालिकाको उत्तरी क्षेत्रमाएम्बुलेन्स सेवाउपलब्ध गराउनुपर्ने उनीहरुको सुझाव छ । नगरपालिकाकाअन्तर्गतका वडा नं १४, १५ र १६ माहालएम्बुलेन्स सेवापाउन कठिन भइरहेको नागरिकको गुनासो छ ।
वीरेन्द्रनगरकायी वडाहरु भौगोलिक रुपमा विकट छन् । अर्थात यी वडामा हाल सडकको सुविधाकमजोर छ । यहीकारण पनिएम्बुलेन्स सेवाप्रभावकारी हुननसकेको स्थानीयबासिन्दाको भनाइ छ । भौगोलिक विकटता र सडक सुविधानहुँदागर्भवती र सुत्केरीलाई स्वास्थ्य संस्थासम्मलैजान समस्याभइरहेको वीरेन्द्रनगर–१६ निवासी कृष्णा ढकालले सुनाइन् । उनले भनिन्, ‘यहाँको भूगोल विकट छ, सडक पनिकच्ची छन् । एम्बुलेन्स सेवा सहजनहुँदा सुत्केरी र गर्भवतीलाई हैरानी छ, हामीले गर्भवतीलाई गाडीमा राखेर अस्पताल लैजानुपर्ने बाध्यता छ ।’
स्थानीय सानीलेख स्वास्थ्यचौकीमा सुत्केरी सेवाउपलब्ध छ । तर जटिल अवस्थाकागर्भवती र सुत्केरी हुननसक्ने अवस्थामाभने प्रदेश अस्पतालमा रिफर गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामाभने गर्भवती र सुत्केरीलाई एम्बुलेन्स सेवापाउन कठिन हुने गरेको स्वास्थ्यकर्मीहरुकोभनाइ छ । उनीहरुकाअनुसार बाहिर लैजानुपर्ने गर्भवती र सुत्केरीलाई एम्बुलेन्सको अभावमा अटो र गाडीमा राखेर लैजानुपर्ने बाध्यता छ । यहीकारण पनिअबनगरपालिकाले नगरको उत्तरी क्षेत्रमा रहेका बस्तीमा एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउनपहलगर्नुपर्ने स्थानीयको आग्रह छ ।
वीरेन्द्रनगर नगरपालिकाको स्वास्थ्यशाखाको आयोजनातथा सोसियल रिसर्च एण्ड मिडिया सेन्टर सुर्खेतको सहजिकरणमा सम्पन्नभएको स्वास्थ्य संस्थाहरुको सामाजिक परीक्षणमा नागरिकले यस्तो सुझावदिएका छन् ।
वीरेन्द्रनगर १५ मा रहेको रतु स्वास्थ्यचौकीपारेगाउँमा सम्पन्न सामाजिक परीक्षणमा सहभागिनागरिकले पनिएम्बुलेन्स सेवाप्रभावकारी बनाउन सुझावदिए । सडक राम्रो नहुँदाएम्बुलेन्स नै नआउने भएकाले गर्भवती र सुत्केरीलाई समस्याभइरहेको यहाँकाबासिन्दाको गुनासो छ । स्थानीयभूमीसरा राम्जालीले भनिन्, ‘गाउँमाआउने सडक नै गतिलो छैन, भनेको बेलामाएम्बुलेन्स नै आउँदैनन् । एम्बुलेन्स सेवानहुँदागर्भवतीलाई अस्पतालसम्म बोकेर लैजानुपर्ने बाध्यता छ, अबनगर सरकारले यहाँकाआमाहरुको ज्यानजोगाउनएम्बुलेन्स सेवाउपलब्ध गराओस् ।’
भौगोलिक रुपमा विकट मानिने वडाका नागरिकले मात्रहोइन, सुगममानिने वडामा पनि समयमै एम्बुलेन्स नआउने गरेको नागरिकको गुनासो छ । आर्थिक बर्ष २०८२÷०८३ को सामाजिक परीक्षण गरिएकाअधिकांश स्वास्थ्य संस्थाहरुमा सेवालिनआउने सेवाग्राहीले एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन सुझावदिए । साथै उनीहरुले समयमै एम्बुलेन्स नै नआउने र एम्बुलेन्स चालकले फोन नै नउठाउने समस्या रहेको सुनाए । यसकालागिउनीहरुले नगरपालिकाको नेतृत्वले तत्कालएम्बुलेन्स सेवालाई सहज, सरल र प्रभावकारी बनाउनकालागिपहलगर्नुपर्ने सुझावदिएका छन् ।
