दैलेख । दैलेख गुराँस गाउँपालिकामा २० वर्षमुनिका गर्भवती हुनेको संख्या बृद्धि भएको पाइएको छ ।
‘बिहेवारी २० वर्ष पारी’ भनी नेपालको संविधानमा उल्लेख गरिए पनि गुराँस गाउँपालिकामा २० वर्ष नपुग्दै विवाह गर्ने र गर्भवती हुनेको संख्या उल्लेख्य देखिएको हो ।
गुराँस गाउँपालिका वडा नम्बर ४ मा रहेको सेरी स्वास्थ्य चौकीमा चेकजाँज गर्न आउने गर्भवतीमध्य करिब ५० प्रतिशत २० बर्षमुनीका रहेका हुन् ।
चालु आर्थिक बर्षमा चेकजाँच गर्न आएका ३७ जना गर्भवतीमध्य ११ जना २० बर्षमुनीका रहेका छन् । त्यसमध्य पनि १५देखि १८ बर्षसम्मका धेरै रहेको सेरीवाडा स्वास्थ्य चौकीका जनस्वास्थ्य निरिक्षक निराजन विष्टले जानकारी दिनुभयो ।
वडामा बालबिवाहको अवस्था विक्राल रहेको अस्पतालमा आउने गर्भवतीको उमेरले पुष्टी गर्ने गरेको उहाको भनाई छ ।
शिक्षित समुदायमा भन्दा चेतना स्तर कम भएका, आर्थिक सामाजिक रूपमा पछि परेका समुदायमा कम उमेरमा विवाह गर्ने चलन बढी रहेको बताउनुभयो ।
नेपालको कानुनले बालविवाह गर्ने र गराउनेलाई तीन वर्ष कैद र ३० हजारसम्म जरिवानाको व्यवस्था गरेको छ । तर, बालविवाह रोकथामका लागि बनाइएका कानुन प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन ।
यसैबिच, वडाको स्वास्थ्य सुधारका लागि सामुहिक प्रतिवद्धता जनाएका छन् ।
उनिहरुले स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउँदै लैजाने प्रतिवद्धता गरिएको हो । गुराँस गाउँपालिकाको आयोजना तथा स्टार इन्नोभेसन प्रालीको सहजिकरणमा सामाजिक परिक्षण कार्यक्रम मार्फत औषधीको उपलब्धता गराइने, आवश्यब उपकरणको व्यवस्था गर्न पहल गर्ने, गर्भवती तथा जेष्ठ नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन विभिन्न शिविरहरु संचालन गर्ने लगायतका प्रतिवद्धता जनाइएको हो ।
वडा अध्यक्ष खड्क बहादुर शाहीले स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्याने र सुविधा थप्नको लागि आफुले पहल गरिरहेको बताउनुभयो ।
दैलेख गुराँसमा २० वर्षमुनि गर्भवती हुनेको संख्या बृद्धि, बालबिवाहविरुद्धका अभियान चलाउनुपर्नेमा जोड
दैलेख गुराँसमा २० वर्षमुनि गर्भवती हुनेको संख्या बृद्धि, बालबिवाहविरुद्धका अभियान चलाउनुपर्नेमा जोड
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
