सुर्खेत । सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडा कार्यालयहरुले सेवा प्रवाह र विकास निर्माणका कामलाई प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका छन् ।
वडा कार्यालयहरुले आफ्नो बार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई गर्दै सेवा प्रवाह र विकास निर्माणलाई प्रभावकारी बनाउने सामुहिक प्रतिवद्धता जनाएका हुन् ।
वडा नम्बर १३ मा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै सहज र छिटो सेवा दिने प्रतिवद्धता गरिएको छ ।
यस्तै, सिंचाईको समस्या हटाउँदै सबै ठाउँमा सिंचाई सुविधा पुर्याउनको लागि पहल गर्ने तथा अन्य विकासका कामलाई प्रभावकारी बनाउने लगायतका प्रतिवद्धता जनाउनुभयो ।
नागरिकको तर्फबाट यामलाल लामिछानेले सिंचाईको अभावले खेतीबाट राम्रो आम्दानी लिन नसकिएको भन्दै वडा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । जवाफमा वडा अध्यक्ष दीपेन्द्रराज कोइरालाले सिंचाई सुविधा नहुँदा आकासे पानीको भरमा पर्नुपर्ने बाध्यता रहेको भन्दै सिंचाईको सुविधा उपलब्ध गराउनेगरी पहल भइरहेको बताउनुभयो ।
उहाले विकास साझेदार र गैरसरकारी संस्थाहरुसँग समन्वय गरेर यो समस्या समाधान गरिने प्रतिवद्धता जनाउनुभयो ।
यस्तै, वडा नम्ब ८ को कार्यालयमा भएको सार्वजनिक सुनुवाईबाट बालमैत्री तथा वातावरणमैत्री वडाको रुपमा कार्यान्वयन गरिने प्रतिवद्धता गरिएको छ ।
यस्तै, वडामा रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर कायम गर्ने, मुख्य चोकमा रहेका विद्युत पोलहरुको व्यवस्थापन सहि ढङ्गले गर्ने लगायतका प्रतिवद्धता जनाइएको छ ।
वडा सचिव मनोज पौडेलले वडाको सेवालाई सहज र पारदर्शी बनाउनको लागि प्रविधिमैत्री सेवा प्रदान गरिने प्रतिवद्धता जनाउनुभयो ।
वडा अध्यक्ष टिकाराम शर्माले पनि वडाको समग्र विकास र थिति बसाल्नेगरी योजना बनाइएको भन्दै आगामी दिन अझै प्रभावकारी विकास गरिने बताउनुभयो ।
सार्वजनिक सुनुवाई कार्यक्रम सोसियल रिसर्च एण्ड मिडिया सेन्टरको सहजिकरणमा आज सम्पन्न भएको हो ।
सेवा प्रवाह र विकास निर्माणका कामलाई प्रभावकारी बनाउने प्रतिवद्धता
सेवा प्रवाह र विकास निर्माणका कामलाई प्रभावकारी बनाउने प्रतिवद्धता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
