सुर्खेत । अपाङ्गता भएका व्यक्तीहरुका लागि छुट्टै ऐन बनाउन सरोकारवालाहरुले कर्णाली प्रदेश सरकारलाई सुझाव दिएका छन् ।
राष्ट्रिय आदीवासी जनजाती महासंघ नेपालको प्रादेशिक संरचनाहरुको संस्थागत सुदृढिकरण र अन्तर प्रदेशस्तरिय संरचनागत सिकाई आदानप्रदान कार्यक्रममा सहभागि भएका सरोकारवालाहरुले यस्तो सुझाव दिएका हुन् ।
निडवानका सल्लाहाकार कृष्ण गहतराजले अपाङ्गता भएका व्यक्तीहरुको लागि छुट्टै ऐनको बनाउन माग गर्नुभयो ।
उहाले अपाङ्गता क्षेत्रमा वजेट विनियोजन हुने गरेको भएपनि साहयक सामग्री खरिद गरेर वितरण गर्नुभन्दा ति सामग्री उत्पादन गर्नेगरी योजना बननाउन सुझाव दिनुभयो ।
नेपाल आदीवासी संघ सुर्खेतका अध्यक्ष हस्त गुरुङ्गले अपाङ्गता भएका व्यक्तीहरुको पहुँच सबै क्षेत्रमा पुर्याउनेगरी नीति बनाउनुपर्ने भन्दै यो कार्यक्रमले त्यस सम्बन्धिको वहसलाई बढवा दिनुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा बोल्दै आदीवासी जनजाती महासंका जानकी पुनले पनि सरकारले सबै प्रकारका अपाङ्गता भएका व्यक्तीहरुको लागि सहज वातावरण बनाउनुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष दिनेस खत्री र वडा नम्बर ६ का अध्यक्ष जनक रावलले पनि आफ्नो भनाई राख्नुभएको थियो ।
यता, कर्णाली प्रदेश सरकारले भने अपाङ्गता भएका व्यक्तीहरुको लागि रचनात्मक काम गर्दै आएको बताएको छ ।
सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले अपाङ्गताको क्षेत्रमा प्रदेश सकरारले विभिन्न रचनात्मक काम गरेको बताउनुभयो ।
अपाङ्गताको क्षेत्रमा प्रदेश सरकारले स्थानीय सरकारसँग साझेदारी गरेर विभिन्न कामहरु संचालन गरिरहेको जानकारी दिनुभयो ।
उहाले काुनन बनाउने विषयमा सरकारले प्रक्रिया अगाडी बढाउने प्रतिवद्धता जनाउँदै कानुन बनाउनु ठुलो विषय नभएको तर कार्यान्वयन गर्नु ठुलो विषय भएको बताउनुभयो ।
कार्यक्रम अपाङ्गता भएका आदीवासी जनजातीका लागि अनुसन्धान विकास केन्द्रको आयोजना तथा निडवानको संयोजकत्वमा प्रादेशिक भेला एवम सिकाई कार्यक्रम सम्पन्न भएको हो भने कार्यक्रमको अध्यक्षता निडवानका अध्यक्ष डा. प्रतिमा गुरुङ्गले गर्नुभएको थियो ।
अपाङ्गता भएका व्यक्तीहरुका लागि छुट्टै ऐन बनाउनुपर्ने सुझाव
अपाङ्गता भएका व्यक्तीहरुका लागि छुट्टै ऐन बनाउनुपर्ने सुझाव
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
