सुर्खेत, २७ असार । कर्णाली प्रदेशमा करिब ८० प्रतिशत मात्र धान रोपाइ भएको छ । करिब ४९ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने कर्णालीमा असार २६ सम्म ३० हजार हेक्टर क्षेत्रफल जमिनमा मात्रै रोपाइ सकिएको हो ।
विगतमा यो समयसम्म आईपुग्दा ९५ प्रतिशत रोपाइ हुनेगरे कर्णालीमा यो बर्ष ढिलो गरी प्रि–मनसुन सुरु हुदा विगत भन्दा कम जमिनमा रोपाइ भएको प्रदेशको कृषि विकास निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार प्रदेशको कुल खेतियोग्य जमिन २५ लाख २५ हजार २७५ हेक्टर रहेको छ ।
त्यसमध्ये ४९ हजार हेक्टर जमिनमा धान खेती हुने गरेको छ । जसमा सबै भन्दा धेरै सुर्खेत जिल्लामा १५ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ ।
मनसुन नभित्रिएका कारण पनि विगतका बर्षभन्दा यो बर्ष सबै भन्दा कम सुर्खेत ५० प्रतिशत रोपाइ भएको निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले जानकारी दिनुभयो ।
आकाशे पानीको भरमा धान रोप्नुपर्ने कर्णाालीका अधिकांश ठाउँमा समेत रोपाइ आधा प्रतिशत सकिएको कृषि विकास निर्देशनालयले जानकारी दिएको छ ।
निर्देशनालयका अनुसार जुम्लामा सत्त प्रतिशत रोपाइ सम्पन्न भइको छ भने सबैभन्दा कम सुर्खेतमा ५० प्रतिशतको हाराहारीमा धान रोपाइ सकिएको निर्देशक रोकायले बताउनुभयो ।
जुम्लामा अन्य जिल्लाको तुलनामा चाडै रोपाइ गरिन्छ । यतिबेला जुम्लामा धानखेती गोडमेल गर्ने समय भएको छ ।
हुम्ला, डोल्पा लगाएतका हिमाली जिल्लामा पनि शतप्रतिशत धान रोपाइ भएका छन् भने अन्य जिल्ला रुकुम पश्चिम, दैलेख, जाजरकोट, सल्यान, कालिकोटमा ८० देखि ८५ प्रतिशतसम्म धान रोपिसकिएको छ ।
लामो खडेरीले खोलानाला सक्दा किसानले समयमै बिउसमेत राख्न नपाएको र मल नपाउँदा उत्पादनमा गिरावट आउने किसानहरुले गुनासो गरेका छन । निर्देशक रोकायले भने प्रदेशमा रासायनिक मलको परिकल्पना नगरेको भन्दै प्राङ्गरिक मलका लागि किसानहरुले गाईवस्तु पाल्न सुझाव दिनुभयो । पछिल्ला दिनमा वर्षा हुन थालेपनि रासायनिक मलको भने प्रदेशमा चरम अभाव कायमै छ ।
कर्णाली प्रदेशमा करिब ८० प्रतिशत मात्र धान रोपाई, मलको अभावका कारण यो बर्ष धान उत्पादन घट्न सक्ने आंकलन
कर्णाली प्रदेशमा करिब ८० प्रतिशत मात्र धान रोपाई, मलको अभावका कारण यो बर्ष धान उत्पादन घट्न सक्ने आंकलन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
