सुर्खेत, ३१ असार । दैलेखको गुराँस गाउँपालिकामा हवाई फायर भएको छ ।
करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गाउँपालिकाले गरेपछि आन्दोलित भएका करार कर्मचारी र प्रहरीबिच झडव भएको छ । झडवमा परि ७ जना घाइते भएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेले संकल्प अनलाइनलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइते हुनेमा पाँच जना प्रहरी रहेका छन भने अन्य दुइजना आन्दोलनकारीहरु रहेका छन । आन्दोलनले उग्र रुप लिन थालेपछि स्थिति नियन्त्रणमा लिन हवाई फाइरिङ गरिएको हो ।
गोली लागेर घाइते नभएको र दोडिने बेला दुइजना आन्दोलनकारी घाइते भएको प्याकुरेलको भनाई छ ।
घाइतेमध्य दुइजनाको अवस्था गम्भिर भएपछि उपचारको लागि सुर्खेत ल्याइएको छ । थप विवरण संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले जानकारी दिनुभयो ।
गुराँस गाउँपालिकाः करार कर्मचारी र प्रहरीबिच झडव, केही राउण्ड हवाई फाइरिङ
गुराँस गाउँपालिकाः करार कर्मचारी र प्रहरीबिच झडव, केही राउण्ड हवाई फाइरिङ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
