काठमाडौं ः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नहुनुको कारण आफूलाई थाहा नभएको बताउनुभएको छ ।
तीन दिने भारत भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किएका अध्यक्ष दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अन्तिम समयमा मोदीसँग भेट हुन नसकेको बताउनुभयो ।
उहाले भन्नुभयो, ‘मोदीसँग भेट हुन्छ भन्ने थियो हामीलाई। भारतीय अधिकारीहरुबाट एक बजे भेट हुन्छ नै भनिएको थियो । मोदीजीलाई भेट्न फेरि एयरपोर्ट जानुपर्ने हुन्छ भनेर हामी निस्कियौं। होटेल जाने क्रममा अहिले सम्भव भएन भन्ने आयो। किन हो भन्ने कुरा तपाईहरु जस्तै मैले पनि थाहा पाएको छैन ।’
अध्यक्ष दाहालले भारतमा बाढीले जनधनको क्षति हुँदा प्रधानमन्त्री मोदी त्यसमा व्यस्त भएको कुरा अधिकारीहरुले सुनाएको पनि उल्लेख गर्नुभयो ।
‘एउटा त बिजेपी प्रेसिडेन्टले बोलाएको हुनाले प्रेसिडेन्टले अन्तिम भेट गरेपछि क्लाइमेक्स त्यही हो भन्ठानेर हो कि भन्ने पनि अधिकारीहरुले चर्चा गर्नुभयो। अर्को अहिले बाढीले भारतमा पुरै ठूलै धनजनको क्षति भएको छ। प्रधानमन्त्री मोदीजी त्यता जानुभएको थियो, रस आवर भएर हो कि भनेर अधिकारीहरुले भन्नुभयो,’ उहाले भन्नुभएके छ, ‘के चाहिँ कारणले मोदीजीसँग भेट भएन मलाई पनि थाहा छैन ।’
भारतिय प्रधानमन्त्रीसँग भेट नहुनको कारण मलाई पनि थाहा छैनः प्रचण्ड
भारतिय प्रधानमन्त्रीसँग भेट नहुनको कारण मलाई पनि थाहा छैनः प्रचण्ड
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
