दैलेख, २ साउन ।
दैलेख गुराँस गाउँपालिकाका करार कर्मचारीले आन्दोलनलाई जारी राखेका छन । करार कर्मचारीहरुको म्याद नथप्ने गाउँपालिकाले निर्णय गरेपछि उनिहरु आन्दोलित भएका हुन ।
म्याद थप नभएसम्मको लागि अन्दोलन जारी रहने उनिहरुको भनाई छ । करार सेवामा कार्यरत कर्मचारीहरुले सोमबार आज पालिका परिसरमा धर्ना दिएका छन ।
करार कर्मचारीहरुको आन्दोलनलाई विभिन्न पेशा संघसंगठनहरुले पनि ऐकेवद्धता जनाएका छन । म्याद थप नभएसम्म आफुहरुको आन्दोलन जारी रहने कर्मचारी खम्बिरा केसीले जानकारी दिनुभयो ।
पालिकाले नियुक्त गरेका करार कर्मचारीसहित तत्कालिन जिल्ला विकास समितिबाट नियुक्त भएर गाउँपालिकामा कार्यरत कर्मचारीहरुको समेत म्याद थप नगर्ने निर्णय गाउँपालिकाले गरेको छ ।
करार कर्मचारी हटाइएको विषयमा अहिले आरोप प्रत्याआरोप चलिरहेको छ । विशेष गरेर सामाजिक सञ्जालमा आरोप प्रत्यारोप चलेको छ । घटनालाई राजनितिक दाउपेच बनाइएको एकपक्षको आरोप छ भने सरकारले रोजगारीको ग्यारेन्टी गर्नुपर्नेभन्दा पनि रोजीरोटी खोसेको अर्को पक्षको आरोप छ ।
उनिहरुको पुनःवहालीको माग गर्दै असार ३१ गतेबाट करार कर्मचारीहरु आन्दोलित भएका छन । आन्दोलनको पहिलो दिन कर्मचारी र प्रहरीबिच झडव समेत भएको थियो । झडवका क्रममा प्रहरीले गोली समेत चलाएको थियो, भने आन्दोलनकारी र प्रहरी दुबै पक्ष केही व्यक्ती घाइते भएका थिए ।
घटनाको सत्यतथ्य छानबिन गर्न भन्दै दुल्लु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणी नेपालको संयोजकत्वमा समिति गठन गरिएको छ ।
आन्दोलित गुराँसका करार कर्मचारीहरु धर्नामा
आन्दोलित गुराँसका करार कर्मचारीहरु धर्नामा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु