काठमाडौं, २ साउन । नेपाली काँग्रेसले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरूसँग निर्वाचन तालमेल गर्ने निर्णय गरेको छ ।
त्यसका लागि गठबन्धनमा रहेका दलहरूसँग आवश्यक संवाद गरेर थप निष्कर्षमा पुग्ने केन्द्रीय समिति बैठकले निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
काँग्रेसले आगामी निर्वाचनमा गठबन्धनको बलमा बहुमत ल्याउने लक्ष्य लिएको छ । काँग्रेसले स्थानीय निर्वाचनमा भएको गठबन्धन सफल भएको पनि निष्कर्ष निकालेको छ ।
बैठकले गठबन्धन भएर प्राप्त भएको मतप्रति सन्तोष प्रकट गरेको प्रवक्ता महतले जानकारी दिनुभयो । यसैबिच, काँग्रेसले अनुशासन समिति र लेखा समिति, सदस्यता व्यवस्थापन समिति गठन गरेको छ ।
पार्टी प्रवक्ता डा. महतले बैठकले निर्वाचन केन्द्रीय परिचालन प्रचार समितिको प्रतिवेदन अनुमोदन गर्दै महामन्त्री गगन थापा संयोजकत्वमा सदस्यता व्यवस्थापन कमिटी गठन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
त्यस्तै काँग्रेसले आनन्द ढुंगानाको नेतृत्वमा केन्द्रीय अनुशासन समिति गठन गरेको र श्याम घिमिरेको संयोजकत्वमा लेखा समिति गठन गरेको छ । समितिहरूको पार्टी सभापति देउवाले पूर्णता दिनुहुने छ ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गरेर जाने काँग्रेसको निर्णय
प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गरेर जाने काँग्रेसको निर्णय
"महामन्त्री थापाको संयोजकत्वमा सदस्यता व्यवस्थापन कमिटी गठन "
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
