सुर्खेत, ३ साउन । दैलेखको दुल्लु ८ सिंचाई पोखरीमा डुबेर दुई जना बालकहरुको मृत्यु भएको बाल अधिकारका लागि साझा अभियान कर्णाली प्रदेशले सरोकारवालाहरुको ध्यानाकर्षण गराईएको छ । अभियानले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपालको संविधान तथा अन्य कानुनले गरेको बालबालिका सम्बन्धी व्यवस्था र नेपाल सरकारले अन्तर्राष्ट्रियस्तरमा गरेको प्रतिबद्धता हुदांहुदै पनि बालअधिकार विपरितका विभिन्न घटनाक्रमहरु बढ्दो अवस्थामा देखिएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो । ‘तीनै तहका सरकारहरुले बालमैत्री र बालबालिकाको अधिकारलाई उनीहरुको सर्वाेतम हितलाई ध्यानमा राख्नुपर्ने कर्तव्य हो । तर विभिन्न घटनाक्रमले बालबालिकाहरुको अधिकार बाल बचाउ, बाल विकास, बाल संरक्षण र बाल सहभागिताका क्षेत्रमा तीनै तहका सरकारहरु एवम् सम्बन्धित सरोकारवालाहरुको भूमिका प्रभावकारी देखिएको छैन ’ प्रदेश अध्यक्ष टिकाराम आचार्यद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । साउन २ गते दैलेख जिल्लाको दुल्लु नगरपालिका वडा नं. ८, कर्णाली नदी छेउमा सिचाई प्रयोजनका लागि तयार गरिएको पानीपोखरीमा दुल्लु नगरपालिका वडा नं. ३ वस्ने बखत महतका १२ बर्षिया छोरा दिनेश महत र ९ बर्षिया छोरी अनिता महतको डुवेर मृत्युभएको थियो । यस घटनाले समुदायमा हुने विभिन्न किसिमका विकास निर्माणमा सरकार तथा अन्य सरोकारवाला निकायहरुको गैर जिम्मेवारीपना देखिएको अभियानले बताएको छ। त्यसैले यस घटनाको सत्यतथ्य छानवीन गरी दोषीप्रति आवश्यक कार्वाही गर्न तथा पिडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित सरकार तथा सरोकारवालाहरुको ध्यानाकर्षण गराइएको छ ।
विकास निर्माण गर्दा बालबालिकाप्रति सम्बेदनशिल हुन ध्यानाकर्षण
विकास निर्माण गर्दा बालबालिकाप्रति सम्बेदनशिल हुन ध्यानाकर्षण
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
