सुर्खेत, ७ साउन । देशमा जारी वर्तमान अवस्थाको निकास गठवन्धन सरकारले दिन नसक्ने नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बताउनुभएको छ ।
सुर्खेत आइपुगेका पोखरेलले आइतबार प्रेस चौतारी कर्णाली प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा वर्तमान राजनीतिक अवस्थालाई विश्लेषण गर्दै गठवन्धनले देशलाई उधो गतिमा लगेको बताउनुभएको हो ।
सत्ता गठबन्धनकै कारण देश पूर्ण त असफल र आर्थिक संकटमा फस्दै गएको उहाको आरोप छ ।
महासचिव पोखरेलले स्वार्थका लागि सत्ताको प्रयोग गर्ने प्रवृत्ति बढेकोले देशको अवस्था नाजुक बनेको टिप्पणी गर्नुभयो ।
पोखरेलले भन्नुभयो, ‘गठवन्धकै कारण अस्थिर बनेको छ, विकास निर्माणका कामहरु ठप्प छन् । लकडाउनको समयभन्दा पनि विकास खर्च कम भएकको छ ।’
मुलुकको परराष्ट्र नीति असफल बनाउने षड्यन्त्रमा सरकार रहेको दावी उहाको छ । बजेट निर्माणमा राजश्वको दरहरुमा बाह्य तत्वहरु प्रयोग गरि हेरफेर गरेर प्रमाण मेट्ने खेलमा सरकार लागेको भन्दै उहाले प्रश्न गर्दै भन्नुभयो, ‘वर्तमान अवस्थामा मुलुक जुन रुपमा चलेको छ यसले देशलाई संकटतर्फ धकेली रहेको छ । उत्पादन शुन्य छ, स्वदेशी उद्योगलाई धरापमा पारेर आयातलाई बढवा दिईएको छ । के यसले देशको विकास हुन्छ त ?’
‘गठवन्धनको सरकारबाट न सुधार हुन्छ न राष्ट्र उभो लाग्छ । देशको समृद्धिका लागि कोही सक्षम छ भने त्यो नेकपा एमाले मात्र हो,’ उहाले भन्नुभयो । स्थानीय तहको निर्वाचनमा लोकप्रिय जनमत प्रप्त गरेको उल्लेख गर्दै नेपाली काँग्रेसबाट नितिगत नेतृत्वको अपेक्षा गर्न नसकिने उहाको भनाई छ । प्राय समय सरकारको विरोधमा प्रस्तुत भएका पोखरेलले मुलुक निर्माणको सन्दर्भमा नीतिगत नेतृत्व एमालेले मात्र गर्न सक्ने दावी गर्नुभयो ।
संसदबाट पारित भएको नागरिकता विधेयकबारे पोखरेलले भन्नुभयो, ‘नेपाली चेलीहरु भारतमा बिहे गर्दा उनीहरुले त्यहाँको नागरिकता पाउनको लागि सात बर्ष लाग्छ, तर भारतीय चेलीहरु नेपालमा विहे गरी आउँदाखेरी तत्कालै नागरिकता प्राप्त गर्ने प्रबन्ध गर्नु भनेको दुई देशबीचको असमानता सिर्जना गराउनु हो । यस्तो कुरालाई अझ संसदमा राख्ने कुरा राष्ट्रको सार्वभौमिकताको दृष्टिकोणले पनि उचित होईन ।’
महासचिव पोखरेलले नागरिकता विधेयक हतारमा पारित गर्नु सरकारको नलायकीपन भएको बताउनुभयो । उहाले नेपाली चेलीहरुले अन्याय ब्यहोर्नुपर्ने प्रबन्ध पाँच दलीय गठबन्धनको सरकारले गरेको टिप्पणी गर्नुभयो ।
गठबन्धन सरकार देशको घाँडो भयोः महासचिव पोखरेल
गठबन्धन सरकार देशको घाँडो भयोः महासचिव पोखरेल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
