दैलेख, ९ साउन । दैलेखको डुङ्गेश्वर गाउँपालिका–२ सेर्माकोटमा चट्याङ लागेर १२ जना घाइते भएका छन् । आइतबार वर्षात सँगै परेको चट्याङले स्थानीय रमेश सिंह लगायतको घरपरिवारका १२ जना घाइते भएका हुन ।
वडाध्यक्ष यामबहादुर विस्टका अनुसार सिंहको घरमा बढि क्षती भएको छ । कोदो गोड्ने खेतलाहरु दिउँसोको खाजा पकाएर खाईरहेको अवस्थामा चट्याङ परेको रहेछ,’ उहाले भन्नुभयो । चट्याङले लागेर केहीँ पशु चौपायाहरु समेत परेको उहाले जानकारी दिनुभयो ।
घाइतेहरुको उपचारका लागि दैलेख जिल्ला अस्पताल पठाईएको छ भने घाइतेहरुको अवस्था सामान्य नै रहेका अध्यक्ष विष्टले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर प्रसाद साहले चट्याङले लागेर घाइते भएकाहरुलाई दैलेख जिल्ला अस्पताल तर्फ ल्याउन लागिएको जानकारी दिनुभयो ।
