सुर्खेत, ९ साउन । नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश सभा संसदीय दलका नेता महेन्द्र बहादुर शाहीले संसदको बसाई व्यवस्थापन नमिलेको बताउनुभएको छ ।
कर्णाली प्रदेश सभाको दशौ बैठकमा बोल्दै उहाले संसदमा कुन प्रतिपक्ष र कुन सत्ता पक्ष हो ? भनेर प्रष्ट चिनिनेगरी बसाई व्यवस्थापन गर्नुपर्ने बताउनुभएको हो ।
‘अहिलेसम्म सत्तापक्ष र प्रतिपक्ष प्रष्ट हुनेगरी बसाल्ने काम भएको छैन, यस विषयमा कुरा उठाउँदा सरकारले संसद सचिवालयलाई भन्ने, संसद सचिवालयले सरकारको काम भन्ने यस्तो अवस्था थियो’, उहाले भन्नुभयो । यसको विषयमा सरकारसँग कुराकानी भएको अब यसको व्यवस्थापन हुनेमा आशाबादी भएको बताउनुभयो ।
पूर्व मुख्यमन्त्री समेत रहेका शाहीले जनयुद्धका घाइते, अपाङ्गता भएका व्यक्तीहरुलाई शहिद स्मृती भत्ता दिनेगरी अघिल्लो सरकारले नीति कार्यक्रम र बजेटमै उल्लेख गरेको भएपनि कार्यान्वयन नभएपछि आफुहरुले संसद बहिस्कार गर्नुपरेको बताउनुभयो ।
उहाले भन्नुभयो, अघिल्लो सरकारले ल्याएको जनयुद्धका घाइते, अपाङ्गता भएका व्यक्तीहरुलाई दिने भनेको शहिद स्मृती भत्ता नदिइएपछि ति शहिद, घाइते, अपाङ्गता भएका व्यक्तीहरु आन्दोलित हुन थालिसके, अनि हामीले सरकारलाई सचेत बनाएको हो ।’
उहाले अन्य केही विद्येयकहरु सरकारले पास गराउन चासो नदिएपछि आफुहरु बाध्य भएर संसदका बैठकहरु बहिस्कार गरेको उहाले बताउनुभयो ।
यस विषयमा सरकारले सच्याएर जाने सहमती भएको जानकारी उहाले गराउनुभयो ।
जनयुद्धका घाइते अपाङ्गता भएका व्यक्तीहरुले भत्ता पाउनुपर्छः पूर्व मुख्यमन्त्री शाही
जनयुद्धका घाइते अपाङ्गता भएका व्यक्तीहरुले भत्ता पाउनुपर्छः पूर्व मुख्यमन्त्री शाही
"संसदको बसाई व्यवस्थापन सहज बनाउन सुझाव "
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
