सुर्खेत, १० साउन । टिकटक बनाउने क्रममा चिप्लिएर सल्यानको कुपिण्डे तालमा एक जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले दाङको तुलसीपुर उपमहानगरपालिका –६ का अन्दाजी ३७ वर्षीय बेद बहादुर बस्नेत बेपत्ता भएको जानकारी दिनुभयो ।
र बेपत्ता भएका बस्नेतको घर कपुरकोट गाउँपालिकाको सिनवाङ हो । उहाका अनुसार प्रहरीले खोजी कार्य जारी राखेपनि गोताखोरको टोली नभएकाले तालभित्र खोज्न समस्या भइरहेको छ ।
यता, सुर्खेतको वीरेन्द्रनगरमा छतबाट खसेर एकको मृत्यु भएको छ । मंगलबार बिहान वीरेन्द्रनगर–४ का एक वृद्धको मृत्यु भएको हो ।
आफ्नै एक तला घरको छतबाट खसेर ७५ वर्षीया रातुराम सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार घरको छतबाट खसे घाइते भएका सिंहको उपचारको क्रममा मृत्यु भएको हो ।
सिंहको शव पोष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पताल लगिएको छ ।
टिकटक बनाउन लाग्दा चिप्लिएर सल्यानको कुपिण्डे तालमा एक जना बेपत्ता
टिकटक बनाउन लाग्दा चिप्लिएर सल्यानको कुपिण्डे तालमा एक जना बेपत्ता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
