सुर्खेत, ११ साउन । राष्ट्रिय परीक्षा बोर्डले यसपालिको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्दैछ ।
एसईईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो । दिउँसो ३ बजेपछि नतिजा सार्वजनिक गर्ने तयारी छ ।
यसअघि कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यसवर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा लिएको थियो ।
गएको वैशाख ९ गतेदेखि २० गतेसम्म भएको परीक्षामा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी भएका थिए । एसईईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस ३५००१, ३४९४९, ३१००३ र १६०० र आईभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरिएको छ ।
एसईईको नतिजा आज दिउँसो तिन बजे प्रकाशन हुने
एसईईको नतिजा आज दिउँसो तिन बजे प्रकाशन हुने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
