सुर्खेत, १३ असार । दैलेख गुराँस गाउँपालिकामा गत असार ३१ गते भएको घटनाको विषयमा छानबिन गर्न गृह मन्त्रालयको नेतृत्वमा नै समिति गठन गर्न सांसदहरुले माग गरेका छन ।
संघिय संसदमा विशेष समय लिएर बोल्दै सांसद प्रकाश रसाइलीले गृह मन्त्री बाल कृष्ण खाडलाई घटनाको विषयमा ध्यानाकर्षण गराउनुभयो ।
उहाले गृहमन्त्रालयले नै घटनाको विषयमा छुट्टै समिति गठन गरि सत्य तथ्य बाहिर ल्याउनुपर्ने माग गर्नुभयो ।
स्थानीय छानबिन समिति बनेको भएपनि त्यो समितिले मात्रै नपुग्ने भन्दै गृह मन्त्रालयको नेतृत्व छुट्टै छानबिन समिति गठन गरि घटनाको विषयमा सत्य तथ्य बाहिर ल्याउनुपर्ने उहाले माग गर्नुभयो ।
उहाले भन्नुभयो, ‘दैलेख गुराँस गाउँपालिकामा गत असार ३१ गते भएको घटना कुनै राजनितिसँग सम्बन्धित थिएन, जनताको रोजी रोटीसँगको विषय थियो, तर नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले त्यसलाई राजनितिक आक्षेप लगाएर विषयलाई अन्तै मोड्न खोज्दै छन ।’ उहाले थप्नुभयो, ‘घटनाको विषयमा स्थानीय छानबिन समिति होइन, गृह मन्त्रालयकै नेतृत्वमा छानबिन समिति गठन गरि त्यसको सत्यतथ्य बाहिर ल्यानुपर्छ ।’
उहाले २० औं बर्षदेखि काम गर्दै आएका कर्मचारी हटाइएपछि कार्यरत कर्मचारीले आन्दोलन गर्दा गोलि चलाउन आदेश दिने व्यक्तीमाथी कारवाही गर्न माग उहाले गर्नुभयो ।
‘असार ३० गते सर्बसम्मतीको निर्णय भन्दै गाउँपालिका अध्यक्षले करार कर्मचारीहरु हटाउने निर्णय गरे, त्यसबाट आक्रोसित कर्मचारीहरुले आन्दोलन गर्दा गोलि चल्यो, गोली चलाउन आदेश दिने व्यक्ती माथी कारवाही गर्नेकी नगर्ने ? उहाले प्रश्न गर्नुभएको छ । 
सांसदहरुबिच जुहारी
साउन ४ गतेको संसद बैठकमा समय लिएर बोलेका दैलेख क्षेत्र नम्बर २ का सांसद राज बहादुर बुढाले कर्मचारी उचालेर आन्दोलन गराइएको बताउनुभयो ।
उहाले नेपाली काँग्रेस दैलेखका सचिव खेमराज ओली र पूर्व सभापति कृष्ण कुमार विसीले कर्मचारीको आन्दोलनलाई उत्तेजित बनाएको भन्दै कारवाहीको माग गर्नुभएको थियो ।
आक्रोसित कर्मचारीहरुको भिडले गाउँपालिका कार्यालय तोडफोड गर्न थालेपछि त्यसबाट हुने सम्भावित ठुलो घटना जोगाउन प्रहरीले गोलि चलाएको र अहिले पनि जनप्रतिनिधि असुरक्षित रहेको संसदमा बोल्नुभएको थियो । घटनालाई अतिरञ्जित बनाउने र दोश्रो टिकापुर काण्ड बनाउन खोज्ने नेपाली काँग्रेसका जिल्लाका नेताहरुलाई कारवाही गर्न उहाले माग गर्नुभएको थियो ।
त्यसको जवाफमा सांसद रसाइलीले भने दोश्रो टिकापुर घटना बनाउन खोजिएको भनेर सांसद बुढाले गम्भिर आक्षेप लगाइएको भन्दै आपत्ती जनाउनुभयो ।
घटनाको वास्तविकता भन्दा पनि काँग्रेसका जिल्ला सचिव र पूर्व सभापतिलाई जोडेर यस्तो अविव्यक्ती प्रति घोर आपत्ती जनाउछु उहाले भन्नुभएको छ ।
