काठमाडौं, १३ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अबको १० वर्षपछि कर्णालीमा जान कर्मचारीले हानथाप हुने बताउनुभएको छ ।
प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समिति बैठकमा नेपाल टेलिकमको सेवाको गुणस्तरको बारेमा बोल्दै उहाले यस्तो बताउनुभएको हो ।
नेपालमा सञ्चार प्रविधिको विकास गर्न नीतिगत समस्या नभए पनि कार्यान्वयनको समस्या रहेको उनको भनाइ रहेको थियो। बैठकमा बोल्दै मन्त्री कार्कीले आउँदो १० वर्षपछि दुर्गम भनिएको कर्णाली प्रदेशमा जानका लागि सरकारी कर्मचारीबीच हानथाप हुने गरेर नीति तर्जुमा गरिरहेको दाबी गर्नुभयो ।
नेपालमा पर्यटन र जलस्रोतको सम्भावना भएजस्तै सूचना र प्रविधिको पनि धेरै ठूलो सम्भावना रहेको बताउनुभयो ।
उहाले सूचना र प्रविधिको क्षेत्रबाट नेपालले उल्लेख्य विदेशी मुद्रा आर्जन गर्नसक्ने सम्भावना रहेको भन्दै यो क्षेत्रको विकास गर्न आवश्यक रहेको बताउनुभयो ।
सञ्चारमन्त्री कार्कीले पर्यटकीय क्षेत्र, धार्मिक क्षेत्र, विद्यालय र अस्पतालहरूमा निःशुल्क वाईफाई जडान गर्ने पनि बताउनुभयो ।
उहाले आउँदा दिनमा नयाँ नीति र कार्यक्रमअनुसार मन्त्रालय अगाडि बढ्ने बताउनुभयो ।
नेपाल सूचना र सञ्चारको क्षेत्रमा एसियामा नै कमजोर नभएको तर सन्तोष हुने अवस्था पनि नरहेको उहाको भनाइ छ ।
मन्त्री कार्कीले मन्त्रालय नेपाल टेलिकमको टावरको सेवा पु¥याउन कर्णाली र तराईका आठ जिल्लालाई पहिलो प्राथमितामा राखेर अगाडि बढेको उल्लेख गर्नुभयो ।
दश बर्षपछि कर्मचारीको रोजाई कर्णाली हुन्छः मन्त्री कार्की
दश बर्षपछि कर्मचारीको रोजाई कर्णाली हुन्छः मन्त्री कार्की
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
